काठमाडौं ९साँखु० । नेवार समुदायको अत्यन्तै पुरानो बस्ती साँखुलाई सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गर्नका लागि आवश्यकता अनुसार प्रतिवेदनका साथै प्रस्तावित ऐन शंखरापुर नगरपालिकाका मेयर रमेश नापितलाई हस्तारण गरेको छ । नगरपालिकाले बनाएको कार्यदलका संयोजक गोविन्द प्रसाद श्रेष्ठबाट मेयर नापितलाई गत शनिवार उक्त प्रतिवेदन र प्रस्तावित ऐन हस्तातरण गरिएको थियो । संयोजक श्रेष्ठ अवस्थताका कारण उहाँको निवासमै पुगेर एक कार्यक्रमको आयोजना गरेर मेयर रमेश नापितलाई हस्तारण कार्य भयो ।
शखरापुर नरपालिकाले गठन गरिएको कार्यदलमा भएका सम्पूर्ण संयोजक र सदस्यहरुका साथै साँखुका बासिन्दा नै रहेको सदस्य सचिव कर्मचार व सल्लाहकार श्रीकृष्ण महर्जन कीर्पिपुरका रहेका छन् ।
उक्त कार्यदलमा संयोजकमा गोविन्द प्रसाद श्रेष्ठ, सह संयोजक प्रकाशमान श्रेष्ठ, सदस्य तिलकमानन्द बज्राचार्य, द्धचारिकानाथ श्रेष्ठ, जनक नारायण श्रेष्ठ, प्रविणमान सिं, प्रतिभाव श्रेष्ठ, कृष्णदेवी कारंजित, तुलाराम लामा, चन्द्र नारायण श्रेष्ठ, जीवनलाल श्रेष्ठ, कानुनी सल्लाहकार शिवप्रसाद श्रेष्ठ, सल्लाहकार श्रीकृष्ण महर्जन, सदस्य सचिव रवि शर्मा, साथै साँखुका निम्ह वडा अध्यक्षहरु नगर समन्वयका लागि राधाकृष्ण श्रेष्ठ र विष्णु प्रसाद श्रेष्ठ आवद्ध भएका छन् ।
सो कार्यदलले साँखुका मुर्त अमुर्त सांस्कृतिक, प्रथाजनीत संस्था गुथि, दाफा खलः, लगायत सो नगरभित्रका थरहरुको बारे ब्यापक अध्ययन गरेर प्रतिवेदन तयार गरेको थियो ।
सोही प्रतिवेदनका आधारमा सक्व सांस्कृतिक संरक्षित क्षेत्र सम्वन्धि प्रस्तावित ऐन तयार तयार गरेर हस्तारण गरियो ।
सो ऐनमा ब्यवस्था भए अनुसार उक्त क्षेत्रका जति पनि नेवार समुदाय भित्रका थरहरु रहेका छन् उनीहरुको गुथिलगायत टोलबाट प्रतिनिधित्व हुनेरी समानुपातिक समवोशी प्रतिनिधित्व गरेर निर्माण गरिने समिति बैधानी समिति हुने उल्लेख गरिएको छ ।
साँखुका लागि नितिं तयार भएको सो प्रतिवेदन र ऐनलाई आगामी असारमा हुने नगरसभामा लगेर पारित गरेर कर्यान्वन गरिने मेयर नापितले जनाए ।
साथै प्रतिवेदनलाई शंखरापुर नगरपालिकाको दस्तावेजका रुपमा लिने जनाए ।
यसका अलावा शंखरापुर नगरपालिकाका प्रवक्ताका साथै वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठले ऐतिहासिक साँखुका स्थानहरुको नामाकरण भइरहेको, नेपाल भाषा र र तामाङ भाषाबाट अध्यापन गराउनका लागि पाठ्य पुस्तक तयार भइरहेको जानकारी गराउँदै अब साँखुलाई सांस्कृतिक संरक्षित क्षेत्र अनुसार अगाडि बढाएपछि तामाङहरुको पनि सांस्कृतिक संरक्षित क्षेत्र बनाउँदै जाने जानकारी गराए ।