सोम, मंसिर २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नकारात्मक असर पार्ने प्रशारण नगर्न प्रहरीकाे अनुराेध

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
नकारात्मक असर पार्ने प्रशारण नगर्न प्रहरीकाे अनुराेध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीहरुको प्रकाशन तथा प्रशारण नगर्न आम सञ्चार माध्यामहरुलाई आग्रह गरेको छ ।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले आइतवार काठमाडौंमा अपराधिक घटनाको समाचार संप्रेषण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी समाजमा नकारात्मक असर पार्ने विभत्स दृश्यहरु भ्युज बढाउने नाममा सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण नगर्न पनि सचेत गराएको छ ।

कार्यक्रममा बोल्दै विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले न्युनतम मानवीय संवेदनशीलतालाई ख्याल राखेर विभत्स दृश्य लगायतका समाजमा नकारात्मक असर पार्ने कुराहरु जथाभावी प्रकाशन तथा प्रशारण नगर्न सचेत गराए। उनले पक्राउ पर्ने बित्तिकै अपराधी भनेर करार गर्ने काम नगर्न पनि सञ्चार माध्यामहरुको ध्यानाकर्षण गराए।

प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले समाजमा नकारात्मक भावनाको विकास गराउने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई कडा निगरानीमा राखी कारबाही गर्ने कामलाई नेपाल प्रहरीले उच्च प्राथमिकतामा राखेको जनाए ।

उनले भने, हाम्रो प्रहरीको त कति कमजोरी छन् । तर मिडियामा पनि जानेर वा नजानेर टयाक्क पक्राउ पर्ने बित्तिकै अपराधी भन्ने शब्द प्रयोग हुन्थ्यो । यस्तो स्थापित मिडियाबाट होइन । तर एफएमहरुमा जुन चाहीँ हामीले संदिग्ध अथवा अभियुक्त यस्तै भनेर प्रयोग गर्छौं । पहिलापहिला जस्तो हामीले पनि गर्‍यौँ कि प्रेस मिट गर्दाखेरी दायाबायाँ हतियारधारी पूरा राखेर अभियुक्तलाई सार्वजनिक गरिन्थ्यो । त्यो यसो हेर्दाखेरी त्यति राम्रो देखिदो रहेनछ । अनि, त्यसलाई हामीले करेक्शन गरेका छौं । हामीले म यहीँ आएपछि पनि ३/४ जनालाई हामीले कारबाही गर्‍यौँ।’

उनले बलात्कार र आत्महत्याका घटनालाई पनि प्राथमिकता नदिन मिडियासँग आग्रह गरे। ‘यसले समाजमा एक किसिमको साइकोलोजिकल प्रभाव पनि हुँदो हो । त्यसैले यसलाई पनि एउटा सामान्य कर्नरमा राखिदियो भने राम्रो होला जस्तो लाग्छ । त्यस्तै गरेर विभत्स दृश्य । अब कुनै ठाउँमा दुर्घटना हुन पाएको हुँदैन, त्यहाँ चाहिँ मेरो लाईक र लाईभ्समा कति भ्युज आउँछ भनेर  घुमाईराखेका हुन्छौँ। त्यहाँ उद्धार हुनतिर लागेका हुँदैनौं । न्युनतम मानवीय संवेदनाका कुराहरु पनि हामी कहाँ छौ भन्ने देखिन्छ त्यसैले, ‘ उनले भने।

यो पनि पढ्नुहोस्

कीर्तिपुरमा बाइक चोरीका घटना दिनानुदिन बढ्दै

कीर्तिपुरमा बाइक चोरीका घटना दिनानुदिन बढ्दै

२१ घण्टा अगाडि
इन्स्पेक्टर र असईमा नयाँ भर्ना खुल्याे

इन्स्पेक्टर र असईमा नयाँ भर्ना खुल्याे

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

केन्द्रीय कमिटी बैठकमा ईश्वर पोखरेलकाे आपत्ति

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

राजधानीमा ’किसानसँग बुद्धिजीवी’ कार्यक्रम सम्पन्न

पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ

डेङ्गीको सङ्क्रमण घट्दो क्रममा

गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक