मोरङ । जनताको काम गर्नुपर्नेमा जनप्रतिनिधि सत्ताको लुछाचुँडीमा लागिपरेको जनता समाजवादी पार्टी नेपालकी कोशी प्रदेश सभा सदस्य निर्मला लिम्बूले जनाएकी छन्।
कोशी प्रदेश सरकारविरुद्ध प्रदेश सभामा टेबल भएको संकल्प प्रस्तावमा जसपाको समर्थन रहेको बताउँदै पूर्वमन्त्री लिम्बूले सरकारले इज्जत मान सम्मान गर्न नसकेको हुँदा समस्या भएको जनाइन्।
लिम्बूले भनिन्, ‘हामीले जनताको हितमा काम गर्नुपर्नेमा सत्ता लुछाचुँडीमा नै समय बिताइरहेका छौँ। अहिलेको सरकार अल्पमतमा परिसकेको छ।’
उनले थपिन्, ‘मान सम्मान भन्ने कुरा त्यति सहज छैन। एमालेको पहिलो सरकारमा हाम्रो साथ थियो। त्योबेला कम्तीमा पाँच वर्ष सरकार अघि बढ्ला भन्ने अपेक्षा थियो। तर, नामकरणकै विषयमा हामीले प्रदेशलाई सम्मान गर्न सकेनौँ।’
सरकार अल्पमतमा परिसकेकोले निरन्तरता पाउन नसक्ने उनको भनाइ थियो।