प्रधानमन्त्री र गण्डकी प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता

2.2k
SHARES
27k
VIEWS

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गण्डकी प्रदेशका मुख्यमन्त्री ‘खगराज अधिकारी’बीच भेटवार्ता भएको छ।

दुवैबीच बुधबार बिहान बालुवाटारमा भेटवार्ता भएको हो।

भेटवार्तापश्चात् मुख्यमन्त्री अधिकारीले प्रदेशका विकासबारे छलफल गरेको सामाजिक सञ्जालमार्फत् उल्लेख गरेका छन्।

उनले लेखेका छन्,‘सम्माननीय प्रधानमन्त्रीज्यूसँग गण्डकी प्रदेशको समग्र विकासका बारेमा केन्द्र सरकारले गर्नुपर्ने सहयोगका सबै पक्षहरूमा छलफल भयो र उहाँले सकारात्मक रूपमा लिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।’

संवैधानिक व्यवस्थाविपरीत सरकार गठनमा सहभागी भएको भन्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए।

एमालेका खगराज अधिकरी नेतृत्वको सरकारलाई काम चलाउ हैसियतमा मात्रै काम गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

सर्वोच्चले रिटको अन्तिम सुनुवाइ आउँदो वैशाख १० गतेदेखि गर्न भनेको छ।

त्यसअघि वैशाख ७ गतेभित्र विपक्षीहरुलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका अधिकारी गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनी गण्डकी प्रदेशको दोस्रो पटक मुख्यमन्त्री बनेका हुन्।

गत वर्ष चैत १० गते अधिकारी पहिलो पटक एमाले, माओवादी र राप्रपाका सांसदको समर्थनमा गण्डकीको मुख्यमन्त्री बनेका थिए। केन्द्रमा सत्ता गठबन्धन फेरिएर नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत पाएनन्। १०५ दिनमा उनी नेतृत्वको सरकार ढलेको थियो।

वैशाख ९ गते अधिकारी सत्ताबाट बाहिरिए। माओवादीको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए।

यो पनि पढ्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist