काठमाडौं । गणपूरक संख्या नपुगेपछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित भएकाे छ।
बैठकमा उपस्थित हुन आएका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ गणपुरक संख्या नपुगेपछि बैठक छाडेर निस्किएका थिए। बैठक सुरू हुन ढिलाइ भएपछि उनी बाहिरिएका हुन्।
बैठक आज बिहान साढे १० बजेका लागि बाेलाइएकाे थियाे। समयमा सबै नआएपछि मन्त्री श्रेष्ठ बैठकबाट बाहिरिएका हुन्। उनी बाहिरिँदा जम्मा आठ जना सांसदकाे मात्र उपस्थित थियाे। मन्त्री श्रेष्ठ बाहिरिएसँगै गणपूरक संख्या पुगेपनि बैठक स्थगित गरिएकाे छ।
आजकाे बैठकमा नेपाल सरकार (मन्त्रीस्तर)बाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरूको विवरण (उद्देश्य एवम् उपलब्धिसहित), इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरूको विवरण र वर्तमान अवस्था, विदेशस्थित नेपाली नियोगहरूको विवरण (तिनको वर्तमान अवस्था, भोग्नुपरेका समस्या र सुधारका पक्षहरू) का बारेमा छलफल हुने जनाइएकाे थियाे।