शनि, साउन २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रपति रामचन्द्र पौडेल गृह जिल्ला तनहुँमा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
राष्ट्रपति रामचन्द्र पौडेल गृह जिल्ला तनहुँमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेल सोमबार गृह जिल्ला तनहुँ आउनु भएको छ । व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुरमा रहेको खड्गकालिका मन्दिरका र म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटनका लागि उहाँ गृह जिल्ला आउनुभएको हो ।

राष्ट्रपतिले बिहान मन्दिर र दिउँसो गाउँपालिकाको भवनको उद्घाटन गर्नुहुनेछ । सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले शासन गरेको तनहुँसुरमा जीर्ण अवस्थामा रहेको खड्गकालिका मन्दिरको पुनर्निर्माण गरिएको र सो राष्ट्रपतिले उद्घाटन गर्नुहुने व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । पुरातत्व विभागको रु. ५० लाखको लागतमा मन्दिर पुनःनिर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

म्याग्दे गाउँपालिकाको वडा नम्बर ४ को नारिङ्गेमा ६ करोडको लागतमा भवन निर्माण गरिएको हो । एक रोपनी एक आना तीन पैसा तीन दाम निःशुल्क प्राप्त भएको र ८० रोपनी १४ आना तीन पैसा जमिन सार्वजनिक रहेको गाउँपालिकाले जनाएको छ । भाडाको घरमा बस्नुपर्दा साँघुरो र अप्ठ्यारो भएकोले नयाँ प्रशासकीय भवन निर्माण गरिएको हो । नवनिर्मित भवनको राष्ट्रपतिले उद्घाटन गर्नुहुने म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो ।

राष्ट्रपति बनेपछि पौडेलको यो पाँचौं पटक गृह जिल्ला भ्रमणका लागि आउनु लाग्नुभएको छ । यसअघि चैत २३ भिमाद नगरपालिका–६ भिमाद बजारस्थित जनज्योति क्याम्पसको १६ औं वार्षिकोत्सव तथा क्याम्पसको प्रशासनिक तथा पुस्ताकालय भवनको उद्घाटनका लागि पौडेल तनहुँ आउनु भएको थियो ।

यस्तै, चैत्र १८ गते तनहुँको देवघाट–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशूली नदीको मोटरेबल पुल उद्घाटन, पुस २० गते भानु नगरपालिका–७ वसन्तपुरस्थित पुर्कोट शतवार्षिकी, असोज ६ गते सदरमुकाम दमौलीस्थित जिल्ला सभा हलको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ आउनुभएको थियो । राष्ट्रपति आउनुहुने भएपछि सुरक्षा व्यवस्था कडाइ गरिएको छ । राष्ट्रपतिको सुरक्षालाई चुस्त–दुरुस्त बनाउका लागि सुरक्षा निकायका सबै एकाइलाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रहरीको घातक हतियार प्रयोग फेरि प्रश्नको घेरामा

प्रहरीको घातक हतियार प्रयोग फेरि प्रश्नको घेरामा

१० घण्टा अगाडि

कमरेडहरूको फेरि सत्ताकेन्द्रित गठजोड !

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

खसी तस्करीमा आएन कमी

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

बैतडीका ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा विश्व शान्ति प्रार्थना

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक