भक्तपुर । भक्तपुरको विश्व प्रसिद्घ बिस्काः जात्राको प्रमुख मानिने लिंगो बैशाख गते शनिबार साँझ ढालिएको छ ।
लिच्छवि कालदेखि सुरू भएकाे मानिने यस जात्रामा तान्त्रिक विधिअनुरूप पूजा अर्चना गरी साँझै लिंगो ढालेपश्चात जात्रा सम्पन्न गरिएको हो ।
बिस्काः जात्राको चौथो दिन चैत्र ३० गते शुक्रबार साँझ भेलुख्यःकाे ल्यासिंख्यःमा यःसिं दिनभर जात्रा, पूजा एवम् बली दिएर ढालिएको हो ।
कूल ५५ हात लामो, नाङ्लो जत्रो फराकिलो लिंगो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ढालिएको हो । यःसिं ठड्याउनु अघि यःसिं को कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त यःसि ठड्याइने प्रचलन रहेको छ । त्यही आठ वटा डोरीले आठ कुनामा बसेर यःसिं ढालिएको थियो ।
यःसिं को कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिने ईतिहाासविद् एवं संस्कृतिकर्मी डा पुरुषोत्तम लोचन श्रेष्ठले जानकारी गराए । भक्तपुरमा मात्र नभइ विश्वभर नै प्रसिद्व मानिएकाे बिस्काः जात्राकाे यःसिं जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक जनविश्वास रहेकाेले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ । यःसिं ठड्याइएपश्चात र ढाल्ने जात्रा नै बिस्काः जात्राकाे प्रमुख हाे ।
मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने थालनि गरिएकाे हाे । यःसिं ढालेपछि ल्योसिङख्यःबाट भैरवनाथको रथ गःहिटी ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको छ । भैरव र भद्रकाली देवदेवीको समागम जात्रा भनेर चिनिने सो रथ जुधाउने कार्यलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भन्ने गरिन्छ ।