शनि, साउन २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उपत्यका लगायत देशैभर बढेन घरजग्गा कारोबार

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
उपत्यका लगायत देशैभर बढेन घरजग्गा कारोबार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  काठमाडौं उपत्यकासँगै देशभर घरजग्गाको किनबेचमा उल्लेख्य सुधार आउन सकेन।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैतमा देशभरिका मालपोत कार्यालयबाट ५० हजार २५२ वटा घरजग्गाको किनबेच भएको थियो।

यो अघिल्लो महीनाको तुलनामा थोरै हो। फागुनमा देशभरिमा ५० हजार ९९८ वटा घरजग्गाको किनबेच भएको थियो। पछिल्लो तीन महीनायता घरजग्गा कारोबार मासिक ५० हजारको हाराहारीमा कायम छ। घरजग्गाको कारोबार उच्च गतिमा बढेका वेला दुई वर्षअघि मासिक ७० हजारभन्दा धेरै किनबेच हुने गरेको विभागको तथ्यांक छ।

२०७८ चैतयता घरजग्गाको बजारमा शिथिलता छ। आर्थिक शिथिलता, ऋणको ब्याजदरमा वृद्धि तथा घरजग्गाको मूल्य यसअघि नै उच्च तहमा पुगिसकेकाले बजारमा माग खस्किएको व्यवसायीले बताउँदै आएका छन्। विभागका अनुसार चैतमा इनरुवा मालपोत कार्यालयबाट सर्वाधिक दुई हजार ८२ वटा घरजग्गाको किनबेच भएको थियो।

भद्रपुर, झापा मालपोत कार्यालयबाट एक हजार ८३५, जनकपुरधाम मालपोत कार्यालयबाट एक हजार ८२३ वटा घरजग्गाको किनबेच भएको थियो।

काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरूको कारोबार यसअघिका महीनामा जस्तै थोरै मात्रै छ। चैतमा काठमाडौंका नौ मालपोत कार्यालयले जम्मा चार हजार २६९ वटा घरजग्गाको लिखत पारित गरे।

यसमा लखनखेल मालपोत कार्यालयले सर्वाधिक एक हजार दुई वटा लिखत पारित गरेको छ। काठमाडौंमा चैतमा गोटीखेल, ललितपुरबाट सबैभन्दा कम  २३ वटा घरजग्गाको मात्रै किनबेच भएको थियो। फागुनमा काठमाडौंका मालपोत कार्यालयबाट चार हजार २०३ वटा घरजग्गाको किनबेच भएको थियो।

दुई वर्षअघि घरजग्गा कारोबार तीव्र भएको वेला काठमाडौं उपत्यकाका मालपोत कार्यालयबाट हरेक महीना औसतमा आठ हजार ५०० भन्दा धेरै घरजग्गाको किनबेच हुने गरेको थियो। यसले दुई वर्षअघिको तुलनामा काठमाडौं उपत्यकामा घरजग्गा कारोबार आधाले घटेको देखाउँछ। पछिल्लो समय काठमाडौंमा घरजग्गाको माग नै खस्किएको तथ्यांकले देखाउँछ।

माग खस्किएका कारण बिक्री गर्न चाहनेले पनि जग्गा बिक्री गर्न पाएका छैनन्। माग खस्किएकाले घरजग्गाको मूल्य पनि घटिरहेको आकलन गरिएको छ।

यो पनि पढ्नुहोस्

प्रहरीको घातक हतियार प्रयोग फेरि प्रश्नको घेरामा

प्रहरीको घातक हतियार प्रयोग फेरि प्रश्नको घेरामा

९ घण्टा अगाडि

कमरेडहरूको फेरि सत्ताकेन्द्रित गठजोड !

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

खसी तस्करीमा आएन कमी

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

बैतडीका ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा विश्व शान्ति प्रार्थना

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक