मङ्ल, भदौ २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ सङ्कल्प प्रस्ताव

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ सङ्कल्प प्रस्ताव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रियसभामा ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत भएको छ ।

सभाको आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले उक्त सङ्कल्प प्रस्ताव प्रस्तुत गरेकी हुन् । राष्ट्रियसभाको जारी बैठकमा सङ्कल्प प्रस्तावमाथि छलफल भइरहेको छ । सभापति पन्त प्रस्तावक रहेको उक्त सङ्कल्प प्रस्तावको समर्थकमा सांसदहरू कृष्णप्रसाद पौडेल, जितजङ्ग बस्नेत, शारदादेवी भट्ट, नारायणदत्त भट्ट, तुलप्रसाद विश्वकर्मा, विमला घिमिरे, भुवनबहादुर सुनार, विष्णुबहादुर विश्वकर्मा, मनरुपा शर्मा, दुर्गाकुमारी गुरुङ, सोनाम ग्याल्जेन शेर्पा, जयन्तीदेवी राई, मायाप्रसाद शर्मा, मदनकुमारी साह (गरिमा), भगवती न्यौपाने, किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाय, आनन्दप्रसाद ढुङ्गाना, पदमबहादुर परियार र मृगेन्द्रकुमार सिंह यादव रहेका छन् ।

छलफलमा भाग लिँदै सांसदहरूले उक्त सङ्कल्प प्रस्तावको समर्थनसहित जनताको बाँच्न पाउने अधिकार संविधानको मौलिक हक अन्तर्गत रहेकाले यसको सुनिश्चितताका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न माग गरेका थिए । नागरिकको उपचार हुन नसकेर अकालमा मृत्यु भइरहेकाले प्रारम्भिक रूपमा रोग पहिचान गर्न, स्वास्थ्य उपकरण सेवा निःशुल्क गर्न, परीक्षण र उपचार अवधिभर आवश्यक आर्थिक सहयोगसहित निःशुल्क उपचारको सुनिश्चितता गरी नागरिकको बाँच्न पाउने हकको सुनिश्चितताका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन जरुरी देखिएकोले सङ्कल्प प्रस्ताव प्रस्तुत गरिएको जनाइएको छ । ‘पैसा, पहुँच तथा गुणस्तरीय उपचारको अभावमा कुनै पनि नागरिकलाई अकालमा मृत्युबाट बचाउन राज्यको उच्च प्राथमिकता, दायित्व कर्तव्य र जिम्मेवारी हुनेछ ।

लोकतान्त्रिक र लोक कल्याणकारी राज्यमा कुनै पनि नागरिक उपचारको अभावमा अकालमा मर्नुपर्ने छैन । नेपालको संविधान र मानवअधिकारको विश्वव्यापी मान्यता अनुरुप नागरिकको बाँच पाउने हक, अधिकारको सुनिश्चितताका लागि सबै नागरिकको स्वास्थ्य सेवा र सर्वसुलभ उपचारमा पहुँच स्थापित गर्दै कुनै पनि उपचारको सुनिश्चितता गरिनेछ’, सङ्कल्प प्रस्तावमा भनिएको छ ।

यो पनि पढ्नुहोस्

अब ‘लफङ्गा’हरूको हातमा

अब ‘लफङ्गा’हरूको हातमा

४ घण्टा अगाडि
कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टी बनाउनु पर्छ : सहमहान्त्री डिला संग्रौला

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टी बनाउनु पर्छ : सहमहान्त्री डिला संग्रौला

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हेलो सर्भिस नेपाल’को नयाँ ब्रान्च बुद्धमलमा

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

यस्ताे छ माैसम

नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक

अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक