शनि, साउन २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राजस्व अभिवृद्धि सम्बन्धी गोष्ठी सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
राजस्व अभिवृद्धि सम्बन्धी गोष्ठी सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पर्सा ।  उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा बिहीबार आयोजित कार्यक्रमबीच राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठी-२०८० पर्साको वीरगंजमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र अर्थ मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।

उक्त अवसरमा गृहमन्त्री लामिछानेले प्रचलित नियम कानूनको अधिनमा रहेर आम नागरिकले व्यापार व्यवसाय गर्न सक्ने वातावरण निर्माणमा सबै लाग्नुपर्ने चर्चा गर्दै राजस्व चुहावट नियन्त्रण, प्रतिबन्धित सामान, अखाद्य बस्तु नियन्त्रणमा सबै सरोकारवाला निकायहरूले आ-आफ्नो जिम्मेवारीमा विशेष सक्रिय भएर कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । गलत क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउन र आम नागरिकले सुरक्षित महसुस गर्ने गरी भयरहित समाज निर्माणमा सबै मिलेर जानुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।

गोष्ठीमा गृह सचिव एकनारायण अर्याल र अर्थ सचिव डा. कृष्ण हरि पुष्करले गोष्ठीको महत्वबारेमा आ-आफ्नो मन्तव्य व्यक्त गर्दै राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण कुनै एक मात्र निकायको एकल प्रयासबाट मात्र सम्भव नहुने हुँदा यसमा सम्बन्धित सरोकारवाला निकायहरूको एकिकृत समन्वय तथा सहकार्यको अपरिहार्यता रहेको महसुस गरी संयुक्त रूपमा गोष्ठीको आयोजना गरिएको जनाउनुभयो ।

गोष्ठीमा गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । उक्त अवसरमा भन्सार विभाग, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान कार्यालय, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक, मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख र मधेश प्रदेश सशस्त्र प्रहरी बल नेपालका प्रमुख तथा प्रतिनिधिहरूले आ-आफ्नो 2 कार्यालयको तर्फबाट प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा मधेस प्रदेश केन्द्रित राजस्व अभिवृद्धि तथा चुहावट सम्बन्धी छलफल तथा अन्तरक्रिया समेत भएको थियो ।

गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव एकनारायण अर्यालले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो ।  बिहिबार बिहान शुरू भएको उक्त गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, मधेस प्रदेश अन्तर्गत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरू, भन्सार कार्यालय तथा आन्तरिक राजस्व कार्यालयका प्रमुखहरू एवम् पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

गोष्ठी समापन पश्‍चात गृहमन्त्री रवि लामिछाने, गृह सचिव एकनारायण अर्याल, अर्थ सचिव डा. कृष्ण हरि पुष्कर, सुरक्षा निकायका प्रमुखहरू समेतले बीरगंजस्थित एकीकृत जाँच चौकी (आइसिपी) र सुख्खा बन्दरगाह (ड्राइपोर्ट)को निरीक्षण भ्रमण समेत गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रहरीको घातक हतियार प्रयोग फेरि प्रश्नको घेरामा

प्रहरीको घातक हतियार प्रयोग फेरि प्रश्नको घेरामा

९ घण्टा अगाडि

कमरेडहरूको फेरि सत्ताकेन्द्रित गठजोड !

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

खसी तस्करीमा आएन कमी

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

बैतडीका ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा विश्व शान्ति प्रार्थना

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक