बुध, भदौ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रिय स्वार्थको संरक्षणमा नेपाली सेनाले महत्त्वपूर्ण योगदान : प्रधानमन्त्री

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
देशको अर्थतन्त्र सङ्कटमा छैन : प्रधानमन्त्री प्रचण्ड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि सङ्कटको बेलामा राष्ट्रिय स्वार्थ र राष्ट्रिय हितको संरक्षणमा नेपाली सेनाले महत्त्वपूर्ण योगदान पुर्‍याएको जनाउनुभएको छ । नेपाल सैनिक प्रतिष्ठान खरिपाटीमा आयोजित स्नातक अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रममा उहाँले देशभित्र विपद् व्यवस्थापन, पर्यावरण संरक्षण, विकास निर्माणका कामदेखि सङ्कटका बेलामा राष्ट्रिय स्वार्थ र हितको संरक्षणमा नेपाली सेनाले महत्त्वपूर्ण योगदान पुर्‍याएको जनाउनुभयो ।

विश्वमाझ शान्ति सैनिकको देशका रूपमा नेपाललाई परिचित गराउन नेपाली सेनाले ठुलो योगदान रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “विशिष्ट साङ्गठनिक क्षमताका आधारमा नेपाली शान्ति सैनिकले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्तिदूतका रूपमा खटिएर विश्वशान्ति स्थापनार्थ महत्त्वपूर्ण योगदान गरेका छन् ।” विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा नेपाली सेनाले शान्तिदूतका रूपमा खटिएर विश्वशान्ति स्थापनार्थ पुर्‍याएको योगदानले नेपाललाई ‘शान्ति सैनिकको देश’को रूपमा विश्वसामु परिचित गराएको उहाँले जनाउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सन् २०२२ नोभेम्बर ३० बाट शान्ति सैनिक खटाउने राष्ट्रको सूचीमा नेपालले पहिलो स्थान हासिल गर्न सफल हुनुलाई शान्ति स्थापना कार्यमा थप महत्त्वपूर्ण कोशेढुङ्गाको रूपमा लिएका छाैँ ।” आफ्नो जिम्मेवारीलाई उत्कृष्ट र व्यावसायिक ढङ्गबाट पूरा गर्न सफल हुँदै बहुआयामिक, सबल तथा सक्षम सङ्गठनकोरुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत स्थापित नेपाली सेनाको योगदानलाई सदैव स्मरण गर्नुपर्ने उहाँले जनाउनुभयो ।

नेपालका सामु बहुआयामिक द्वन्द्व, जलवायु परिवर्तनका असर तथा विभिन्न महामारी जस्ता जटिल सुरक्षा चुनौती र विपद्का जोखिम रहेको चर्चा गर्दै प्रधानमन्त्री दाहालले राष्ट्र र नागरिकको सुरक्षामा सम्भावित चुनौतीको पूर्वानुमान गर्न सक्ने तथा राष्ट्रिय चुनौतीको सही आकलन गरी सम्भावित खतराबाट देशलाई सुरक्षित राख्ने कार्यको नेतृत्व सेनाले गर्दै आएको बताउनुभयो । सुरक्षा र विकास एकअर्काका परिपूरक भएको भन्दै उहाँले समुन्नतिको राष्ट्रिय अभिलाषा पूरा गर्न प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्ने अपरिहार्यतालाई नेपाली सेनाले पूरा गर्दै आएको चर्चा गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “बहुध्रुवमा विभक्त अन्तर्राष्ट्रिय परिवेशको प्रत्यक्ष वा अप्रत्यक्ष असर राष्ट्रिय सुरक्षामा समेत परिरहेको परिस्थितिमा नेपाली सेनाले राष्ट्रिय हित तथा स्वार्थहरूको संरक्षण र संम्वद्र्धन गर्न समयसापेक्ष सुरक्षा नीतिका आधारमा अर्थपूर्ण परिणाम हासिल गर्न सक्ने विश्वास लिएको छु ।” उहाँले अहिले विक्षार्थीको सङ्ख्या बढ्दै गएपनि तालिम इलाका सीमित रहेकाले पनौतीमा यसको उपकेन्द्र निर्माण गर्ने सङ्गठनको प्रस्तावमा सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । सङ्गठनको अधिकृतको रूपमा आयुक्त भई राष्ट्र र राष्ट्रवासीको सेवामा तल्लीन रहन नवआयुक्त अधिकृतलाई सदासर्वदा ऊर्जा र हौसला प्राप्त होस् भन्दै उहाँले शुभकामना व्यक्त गर्नुभयो ।

अधिकृत क्याडेट तालिममा सर्वोत्कृष्ट हुने सिस ६१ का दीपेन्द्र कडायत, महिलातर्फ दीपा घिमिरे, उत्कृष्ट हुनेहरू सिंस.५१ का विवेक अधिकारी र मिनिष खड्का, अन्तर्राष्ट्रियतर्फ बङ्गलादेशका सेपुर रहमान खानलाई प्रधानमन्त्री दाहालले पुरस्कार प्रदान गर्नुभयो । अहिलेसम्म २४ जना विदेशीले अधिकृत क्याडेट तालिम लिइसकेकोमा बङ्गलादेश, माल्दिभ्स र जाम्भियाका एक-एक जनाले तालिम पूरा गर्नुभएको छ । कार्यक्रममा नेपाली सेनाले कवाज प्रदर्शन गर्नुका साथै युद्धकला प्रदर्शन गरेका थिए । कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेती, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा विभिन्न निकायका विशिष्ट व्यक्तिको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

Live : प्रतिनिधिसभा बैठक सुरु

सभामुखकाे नियमित स्वास्थ्य परीक्षण

१ दिन अगाडि
मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी

मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिने

विदेशी मुद्राको विनिमयदर निर्धारण

रसुलको १५०१ औँ जन्मजयन्ती आज मनाइँदै

विनाशकारी बाढीबाट तटीय क्षेत्रमा विध्वंश

बाढीबाट तीन वटा प्रहरी कार्यालयमा क्षति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक