बिहि, साउन २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रतिनिधिसभाको बैठक अवरुद्ध

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
प्रतिनिधिसभाको बैठक अवरुद्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रतिनिधिसभाको बुधबारको बैठक अवरुद्ध गरेका छन्।

संसद्को आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलहरूले उठेर बैठक अवरुद्ध गरेका हुन्। त्यसलगत्तै सभामुख देवराज घिमिरेले आगामी वैशाख २ गते ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन अडान राख्दै संसदमा अवरोध गरिएको हो। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले संसद् अवरोध गर्दै आइरहेको छ।

यता, सत्ता पक्षीय दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), माओवादी केन्द्र भने छानबिन समिति बनाउन नसकिने अडानमा छन्।

संसदकाे अवराेध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे पहलमा मंगलबार बिहान बालुवाटारमा बैठकसमेत बसेको थियो । प्रधानमन्त्री दाहालसहित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री लामिछाने, प्रमुख प्रतिपक्षी दल कांग्रेस नेता कृष्णप्रसाद सिटौलर महामन्त्री गगन थापालगायतका नेताहरू उक्त बैठकमा सहभागी थिए। तर, उक्त बैठकमा कुरा मिल्न नसक्दा कांग्रेसले हिजो मंगलबारको बैठक अवरोध गरेको थियो ।

कांग्रेसले बैठक अवरोध गर्नासाथ सत्तारूढ दलका सांसदहरू पनि उभिएका थिए । त्यसपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेर प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। छलफलमा पनि कुरा नमिले पछि सूचना टाँसेर बैठक आज बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

आजको बैठक पनि ११ बजे सुरु हुने भनिएपनि १२ बजेमात्र सुरु भएको थियो। आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको मन्त्रीले जवाफ दिने कार्यसूची थियो । यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक समितिको प्रतिवेदन, २०८० पेस तयारी थियो।

बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यक्रम तय थियो।

यो पनि पढ्नुहोस्

‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’को चिठ्ठा नतिजा सार्वजनिक

सिंहदबारमा एकै दिन दुई सचिवले दिए राजिनामा

१ दिन अगाडि
प्रतिनिधिसभाको बैठक आज बस्दै

संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक बस्दै

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचवटा संसदीय समितिको बैठक बस्दै

गोपनीयतासम्बन्धी कसुरमा गिरफ्तार गरेको बारेमा ध्यानाकर्षण

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मलेसियामा २२ जना नेपाली पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक