युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार अमेरिकी कांग्रेसले मस्कोको आक्रमणसँग लड्नका लागि सैन्य सहायतालाई अनुमति नदिए किएभले रुसविरुद्धको युद्ध हार्ने बताएका छन्।
कांग्रेसमा रिपब्लिकनहरूले महिनौंदेखि किएभका लागि अर्बौं डलरको सैन्य सहायतामा रोक लगाएका छन्।
‘कांग्रेसले युक्रेनलाई सहयोग नगरे युक्रेनले युद्ध हार्नेछ भनेर विशेषरूपमा कांग्रेसलाई बताउन आवश्यक छ,’ किएभ-संगठित कोष संकलन प्लेटफर्म युनाइटेड २४ को भिडियो बैठकमा जेलेन्स्कीले भने।
उनले युक्रेन सहायताबिना ‘बस्न’ (जीवित रहन) ‘कठिन’ हुने बताए। युक्रेनले युद्ध हार्यो भने अन्य राज्यहरूमा पनि हमला हुने उनले भनाइ छ। युक्रेनमा रुसले आक्रमण गरेको दुई वर्षभन्दा बढी भइसकेको छ।
दक्षिणी जापोरिज्जिया क्षेत्रको गुलियापोल सहरमा रुसी हमलामा तीन जनाको ज्यान गएको किएभले आइतबार बताएको छ।
उक्त क्षेत्रका प्रमुख इभान फेडोरोभले सामाजिक सञ्जालमा भनेका छन्, ‘रुसी गोलाको प्रहारबाट ध्वस्त भएको आफ्नै घरको भग्नावशेषले किचेर दुई पुरुष र एक महिलाको मृत्यु भयो।’