काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । मुख्यमन्त्री चौधरीले आज प्रदेश सभा बैठकमा राजीनामाको घोषणा गरे ।
योसँगै लुम्बिनी प्रदेशमा रहेका चार राजनीतिक दलले नयाँ समीकरणको आधारमा सरकार बनाउने भएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकत समाजवादी) र स्वतन्त्र प्रदेश सभा सदस्यबीच माओवादी केन्द्रका संसदीय दल नेता जोखबहादुर महरालाई मुख्यमन्त्रीमा नियुक्त गर्न समर्थन गर्ने निर्णय भएको छ ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ जना सांसदको समर्थन चाहिन्छ । लुम्बिनीमा एमालेका २९, माओवादी केन्द्रका १० (सभामुखबाहेक), जनता समाजवादी पार्टीका तीन, एकीकृत समाजवादीका एक र एक जना स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन् ।