काठमाडौं । अनलाइन बस टिकटिङ सेवा प्रदायक कम्पनी बससेवा डटकमले नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा एक्कासी अफर सार्वजनिक गरेको छ।
यस अफरअन्तर्गत बससेवामार्फत टिकट काट्ने यात्रुमध्ये ८१ जनाले शतप्रतिशत क्यासब्याक पाउनेछन्। यस्तै, हरेक दिन एक जना यात्रुले स्मार्टवाच र एयरबड जित्न सक्नेछन्। यो योजना चैत्र २५ गतेदेखि नयाँ वर्षको वैशाख ८ गतेसम्म सञ्चालन हुनेछ।
विजेताहरुको नाम गोलाप्रथाबाट चयन गरिनेछ र उक्त गोलाप्रथा कार्यक्रमको प्रत्यक्ष प्रसारण बससेवाको आधिकारिक फेसबुक पेजबाट गरिनेछ।
नयाँ वर्षको अफरबारे जानकारी दिँदै बससेवाका बिजनेस डेभलपमेन्ट प्रमुख डेनिसजंग थापाले आम यात्रुलाई अनलाइनबाटै बस टिकट काट्नको लागि प्रोत्साहन होस् भन्ने उद्देश्यले यो अफर सार्वजनिक गरेको बताए।
यो अफरअन्तर्गत केही यात्रुलाई भए पनि राहत पुग्ने आफूहरुको अपेक्षा रहेको उनको भनाइ छ। बससेवा डटकमले नेपालभरका अधिकांश रूटहरूमा सेवा प्रदान गर्दै आएको छ। साथै भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुरलगायतका शहरमा समेत अनलाइन टिकट बुकिङ सेवा प्रदान गर्दै आएको छ।