नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलत्कार मुद्दामा आज पाटन उच्च अदालतमा पेशी रहेको छ। आज अदालतमा मुद्दाको पुनरावलोकन हुने की नहुने तय हुने छ। गत १३ पुसमा सन्दीपलाई जिल्ला अदालत काठमाडौंले बलत्कार मुद्दामा दोषी ठहर गरेको थियो।
न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बलत्कार मुद्दामा दोषी ठहर गर्दै किशोरी नाबालिग रहेको फैसला गर्दै उनलाई ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपुर्ति भराउन आदेश दिएको थियो।
त्यसपछि सन्दीप १० फागुनमा जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालतमा पुगेका थिए। सन्दीप उच्च अदालत पुगेलगतै १ चैतमा सरकारी पक्षपनि पीडित ‘गौशाला २६’ नाबालिक रहेको भन्दै उच्च अदालत पुगेको छ।
अदालतले आजका लागि पेशी तोकेको छ। अपिलकर्ताले उच्च अदालतसमक्ष तल्लो अदालतको आदेशमा गम्भिर त्रुटि भएको भन्दै अपिल गर्ने गर्छन्।
त्यसपछि अदालतले मुद्दालाई पुनरावलोकन गर्ने कि नगर्ने निर्णय लिने छ।
सन्दीपका कानुन ब्यवसायि सरोज कृष्ण घिमीरेले दुबै पक्ष उच्च अदालतमा पुगेकाले स्वभाविक रुपमा मुद्दा पुनरावलोकन हुने विश्वास ब्यक्त गरे। उनले भने‘दुबै पक्ष अदालतमा पुगेपछि स्वभाविक रुपमा मुद्दाको पुनरावलोकन हुन्छ। आज मुद्दामा हामिले जिल्ला अदालतबाट भएका गम्भिर त्रुटिहरुको विषयहरु उठान गर्ने छौं।’