आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘सन्देशमुलक स्वीकार’ म्युजिक भिडियो सार्वजानिक

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
‘सन्देशमुलक स्वीकार’  म्युजिक भिडियो सार्वजानिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।अहिले हाम्रो समाजमा दिनानुदिन वालवालिकाहरुमा अटिजम हुनेको संख्या बढिरहेको छ ।

अटिजम बालवालिकाको जन्मजात नै एउटा बिशिष्ट अवस्था हो र यो कुनै रोग होइन । सामान्यतः २ देखि ३ वर्षको अन्तरालमा नै वालवालिकालाई अटिजम भएको पहिचान हुन सक्छ खासगरी, अभिभावकलाई ।

जसमा वालवालिकाले अन्य सामान्य वालवालिका भन्दा फरक व्यवहार देखाउने गर्दछन् र यो कुरा बिशेषतः वावु आमालाई राम्रो संग थाहा हुन्छ । तर दुर्भाग्य हाम्रो समाजमा अभिभावक अर्थात वावु आमाले यसलाई लाज, हिनतावोध र सामाजिक अप्ठेरोपनले समयमै स्वीकार गर्न सक्दैनन् ।

समयमै आफ्नो वालवालिकाको यस्तो अवस्थालाई स्वीकार गर्दा उसको आफ्नो मौलिक क्षमता, विविधता र सीपलाई व्यवहारिक रुपमा वुझाउन र सिकाउन सकियो भने उनीहरुको दैनिक जीवनमा परिवर्तन ल्याउन सकिन्छ । यहि भावनाले तिमी संग आन्विका अभियानका अभियन्ता नरेश प्रधान र स्टुडियो साउण्ड मिल कि संस्थापक गायिका बुनु श्रेष्ठले विगत केहि वर्ष यता गीत संगीतको माध्यमबाट सचेतना फैलाउने काम गर्दै आएका छन् ।

स्वीकार का गीतकार नरेश प्रधान आफैं मस्तिष्क पक्षाघात बालिकाको अभिभावक समेत हुन् ।  आफ्नो सन्तानमा देखिएको उक्त समस्यालाई नजिकबाट भोगेकाले उनले यस क्षेत्रमा विभिन्न तरिकाले कार्य गर्दै आएका छन् । समाजमा जनचेतना फैलाउन यस्तो विषयमा गीत तथा लेखरचनाहरु लेखेर विभिन्न माध्यमहरुमा प्रकाशन र प्रशारण गर्दै आएका छन् ।

अटिजम प्रभावितहरुको अवस्थालाई समयमै स्वीकार गरी राम्रो सामाजिक वातावरण दिनुको साथै उनीहरुमा अन्तरनिहित प्रतिभालाई चिन्दै उनीहरुको विकासमा टेवा पुरयाउने हेतु विश्व अटिजम सचेतना दिवस, २०२४ को अवसरमा स्वीकार सन्देशमुलक म्युजिक भिडियो स्टुडियो साउण्ड मिल, काठमाण्डौ र अवानी फाउण्डेशन, काठमाण्डौको संयुक्त आयोजनामा काठमाण्डौ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यता तथा बरिष्ठ कलाकार श्री मदन कृष्ण श्रेष्ठको सभापतित्वमा विमोचित भएको छ भने अवानी फाउण्डेशन कि संस्थापक अध्यक्ष प्रज्ञा श्रेष्ठ प्रधान तथा मनोविज्ञान कि विद्यार्थी अदिति पौडेलको उपस्थितिमा इमेज एफ.एम. ९७.९ को प्रस्तुति मेची देखि महाकाली सम्म  मा उक्त गीतको अडियोको विशेष चर्चा सहित सार्वजानिक गरिएको छ ।

बरिष्ठ समालोचक, निर्देशक, लेखक एवं सञ्चारकर्मी प्रकाश सायमीको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अवानी फाण्डेशन कि संस्थापक अध्यक्ष प्रज्ञा श्रेष्ठ प्रधान, समाजसेवी दिनेश खनाल, राष्ट्रिय अपांग महासंघ कि सचिव सृजना के.सी. लगायतले आफ्नो मन्तव्य राखेका थिए । प्रमुख अतिथि सुनिता डंगोलले काठमाडौ महानगरपालिकाको कार्ययोजनामा अटिजम पनि परेकोले के कसरी अटिजमको क्षेत्रमा काम गर्न सकिन्छ सल्लाह, सुझाव दिन पनि आयोजकलाई आग्रह गरिन् । उनले आगामी वर्ष अझ प्रभावकारी रुपमा यो विषयलाई महानगरको योजना भित्र राख्ने प्रतिवद्धता व्यक्त गरिन् ।

नेपालमा जन्मेदेखि चार वर्ष उमेर समूहका बालबालिकामा २१।९ प्रतिशतमा अटिजमको उच्च जोखिम रहेको तथ्याङ्क छ । विश्वभरि नै अटिजम बालबालिकाको जन्मदर बढ्दो छ । विश्व तथ्याङ्क आकलन गर्दा नेपालमा पनि अटिजम बालबालिका तीन लाखभन्दा बढी भएको अनुमान लगाउन सकिन्छ । यता छिमेकी मुलुक भारतमा अटिजम हुनेको सङ्ख्या आठ करोड रहेको अनुमान छ । अटिजम स्पेक्ट्रम डिसअर्डर ९एएसडी० बारे अनुसन्धान र समर्थन गर्न, देशलाई प्रोत्साहित गर्न अप्रिल २ लाई विश्व अटिजम सचेतना दिवस मनाउन सुरु गरियो । यस वर्षको नारा ‘स्वीकारोक्ति र सशक्तताका साथ अब बाँच्ने मात्र हैन, प्रतिस्पर्धामा नै उत्रने’ भन्ने छ ।

नेपालमा कति जनामा अटिजम छ भन्नेबारे विस्तृत अध्ययन नै भएको छैन । नेपालको जनगणना–२०७८ अनुसार छ लाख ४७ हजार ७४४ जना अर्थात् कुल जनसङ्ख्याको २।२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपाङ्गता छ । जसमा अटिजम तथा बौद्धिक अपाङ्गताको जनसङ्ख्या ६२ हजार ३७२ छ । विश्व स्वास्थ्य संगठनको सन् २०२३ को तथ्याकं अनुसार विश्वमा हरेक १०० जनामा १ जनामा अटिजमको समस्या हुने गरेको छ ।

उक्त सन्देशमुलक गीत स्वीकार मा पावका शर्माको गीत कन्सेप्ट, हरि लम्सालको संगीत तथा संयोजन, पुष्पन प्रधानको स्वर रहनुको साथै मिक्सिङ मास्टरिङ महेश्वरमान राजभण्डारीले गरेका छन् । उक्त म्युजिक भिडियोमा वाल कलाकार शुभम वर्तौला, ख्याती प्राप्त कलाकारहरु खगेन्द्र लामिछाने र मेनुका प्रधानले अभिनय गर्नुको साथै छायांकन अंशु वस्नेतको छ भने म्युजिक भिडियोको निर्देशन लोकेश वज्राचार्यले गरेका छन् ।

यस गीतले सामाजिक सचेतनामा परिवर्तन ल्याउन ठोस टेवा पुग्नेछ भन्ने विश्वासका साथ यो गीत ल्याइएको यस गीतको परियोजना संयोजक तथा चर्चित गायिका बुनु श्रेष्ठले बताएकी छिन् ।

यो पनि पढ्नुहोस्

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

३ दिन अगाडि
द्यः ध्वाखा सांस्कृतिक कार्यक्रम ११४६ हुने

द्यः ध्वाखा सांस्कृतिक कार्यक्रम ११४६ हुने

७ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

यस्ताे छ माैसम

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक