काठमाडाैं । नेवार समुदाय एक ढिक्का हुने नाराका साथ गत ललितपुरको गोदावरी क्षेत्रमा ७ औँ विश्व नेवाः दिवसका साथै नेवाः देय् दबू महालक्ष्मी नगर समितिको चौथो जन्मोउत्सवस कार्यक्रमको आयोजना गरेको छ ।
नेवाः देय् दबूया केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्यका प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा चारजनालाई सम्मान गरिएको छ ।
बागमती प्रदेशमा नेपालभाषालाई सरकारी कामकाजि भाषाका रुपमा लागू गर्नका लागि ऐन निर्माणका लागि जनस्तरबाट भूमिका खेलेका दबूका स्वनिगः विशेष प्रदेशका अध्यक्षकासाथैं पत्रकार श्रीकृष्ण महर्जन, नेपाल स्वयंसेवी रक्तदाता समाजया केन्द्रीय अध्यक्षका साथै अहिले सम्म सबै भन्दा बढि १७७ पटक रगत दान गर्नु भएका प्रेमसागर कर्माचार्य, समाजसेवी चन्द्रबहादुर÷सुभद्र श्रेष्ठका साथै समाजसेवी रविन्द्रप्रसाद नेमकुलालाई सम्मान पत्र हस्तातरण गरेको छ ।
नेवाः देय् दबू महालक्ष्मी नगर समितिका अध्यक्ष विजय महर्जनका अध्यक्ष्यतामा भएको उक्त कार्यक्रममा नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशको अध्यक्ष श्रीकृष्ण महर्जन, रगत दान गर्नु भएका प्रेमसागर प्रजापति, कानुन व्यवसायी नरेश श्रेष्ठ लगायतहरुलाई नेवाः देय् दबू, नेवार समुदायहरुको समस्याका साथै नेवार समुदायका विभिन्न सवाललाई लिएर उभिनु पर्नुका साथ साथै ७ औँ विश्व नेवाः दिवसको बारेमा आ—आफ्नो विचार राखेका थिए ।