काठमाडौं – राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक वचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाई बुधबार नेपालगन्ज पुगेका छन् । नेपालगन्ज पुगेका प्रसाईलाई त्यहाँको विमानस्थलमा २ हजारभन्दा बढी सर्वसाधारणले स्वागत गरेका थिए ।
नेपालगन्ज पुगेका प्रसाईको राजाहरु र शीर्ष नेताहरुको भन्दा बढी क्रेज देखिएको छ । जनताले प्रसाईलाई उदयमान राज नेताको रुपमा हेरेको त्यहाँ प्रष्ट देखियो । नेपालगन्जमा अहिलेसम्म राजाहरु र शीर्ष नेताहरुको सवारीमा समेत यति ठुलो संख्यामा सर्वसाधारण भेला भएका थिएनन् ।
कर्णाली प्रदेशको जुम्लामा हुन लागेको कार्यक्रमलाई सम्बोधन गर्न प्रसाईं बुधबार नेपालगन्ज पुगेका थिए। । नेपालगन्जमा प्रसाईलाई जनताले भव्य स्वागत गरेका छन् ।
नेपालगन्जमा प्रसाईको राजाहरु र शीर्ष नेताहरुको भन्दा भव्य स्वाग्त भएको त्यहाँका स्थानियवासीहरुले बताएका छन् । प्रसाईको स्वागतमा गाउँ–गाउँबाट राष्ट्र झन्डा बोकेर सर्वसाधारण आएका थिए । प्रसाईले सर्वसाधारणले आफुलाई लगाइदिएको माला लगाएर उनीहरुको पनि स्वागत गरेका थिए ।
पछिल्लो समय राष्ट्र राजनीतिकको चर्चामा रहेका प्रसाईलाई नेपालगन्जमा विगतमा भएका राजाहरुको र शीर्ष नेताहरुको भन्दा भव्य स्वागत भएको त्यहाँका स्थानियबासीहरुले बताएका छन् । प्रसाईको स्वागतमा आएका सर्वसाधारणले उनलाई राजनेता भन्दै सम्बोधन समेत गरेका थिए ।
प्रसाइले जुम्लाको आमसभालाई भोली सम्बोधन गर्दैछन् । त्यहाँ प्रसाईको कार्यक्रममा १० हजारभन्दा जुम्लावासी भेला हुने जुम्ला जिल्ला प्रशासनको अनुमान छ । जुम्लामा अहिलेसम्म कै ठुलो संंख्यामा सर्वसाधारण भेला हुने प्रशासनको दाब िछ। ।
प्रसाईंले नेपालमा हिन्दु राज्य स्थापनाको लागि देशभर महाअभियान चलाइरहेका छन् । प्रसाईंले उठाएका अन्य एजेन्डामा बैंक तथा वित्तीय संस्थाले लिलाम गरेका घरजग्गा फिर्ता, सुकुम्बासी बनाउन नपाइने कानुन निर्माण, राजनैतिक संरक्षणमा भएको अरबौँ कर मिनाह बदर, बन्द उद्योग सञ्चालन, एक हजार र पाँच सयको नोट बन्दी, वैदिक सनातन धर्मसापेक्षको देश , सङ्घीयताको विकल्पहरू समेटिएका छन् ।
अहिले उनले भनेको पुगेपछि जनताले प्रसाईको महाअभियानलाई मन पराएका छन् । प्रसाईंले पछिल्लो समय गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विरोध गर्दै आएका छन् । यस्तै बैंक तथा वित्तीय संस्थाहरूले गरिब जनताबाट चर्को कर असुलिरहेको भन्दै ऋण मिनाहाको अर्को एजेन्डासहित विभिन्न प्रदर्शन गरिरहेका छन् ।