काठमाडौं । गायक राजेशपायल राईलाई प्रहरीले सम्झाएर रिहा गरेको छ। मदिरा सेवन गरेर हो-हल्ला गरेको आरोपमा राई बुधबार राति पक्राउ गरेको थियो। एक रात न्यायिक हिरासतमा राखेपछि राईलाई बिहीबार छाडिएको हो। प्रहरी वृत्त नयाँ बानेश्वरले उनीहरुलाई आगामी दिन यस्ता गतिविधिमा सलग्न नहुने सर्तमा रिहा गरेको हो। राईसहित ८ जनालाई साधारण जमानतमा छाडिएको प्रहरीले जनाएको छ।
राजेशपायल राई सहितलाई मदन भण्डारी कलेज अगाडिबाट प्रहरीले पक्राउ गरेको थियो।
बानेश्वर वृत्तले पक्राउ गरेका राईसहित ३ र अन्य ठाउँबाट पक्राउ परेका ५ जना गरी ८ जनालाई नै छाडिएको बताए। पक्राउ परेका आठै जनालाई सम्झाई बुझाई गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।