आइत, जेष्ठ १२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मरेका तीन बाघबारे जवाफ माग्दै प्रदर्शन

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
मरेका तीन बाघबारे जवाफ माग्दै प्रदर्शन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पर्सामा मरेका तीन बाघबारे जवाफ माग्दै डब्लुडब्लुएफको कार्यालय, बालुवाटार अगाडि पशु अधिकारकर्मीहरूले मंगलबार प्रदर्शन गरेका छन्।

पर्सा राष्ट्रिय निकुञ्जमा गत पाँच महिनाको अवधिमा खोरमा राखिएका तीनवटा वयस्क बाघ मरेका थिए। पछिल्लो समय बाघको संख्यामा वृद्धि भएको भए पनि यसको उचित संरक्षण नभएको भन्दै यसको संरक्षको माग गरेका हुन्।

बाघको संख्यामा वृद्धि गर्ने काम भएको तर खोरमा राख्ने काम मात्र गरी यसको संरक्षणमा ध्यान नदिएका कारण बाघहरू मरेको भन्दै पशु अधिकारकर्मीहरूले यसको संरक्षको माग गर्दै प्रदर्शन गरेका हुन्।

पछिल्लो केही समयमा चितवन राष्ट्रिय निकुञ्ज र पर्साको ठोरीबाट उद्धार गरी पर्सा ल्याइएका एउटा पोथी र दुई वटा भाले बाघको मृत्यु भएको थियो  । बाघको मृत्युसँगै पर्सा राष्ट्रिय निकुञ्जको खोर खाली भएको छ ।

पछिल्लो पटक गत असार २३ गते चितवन राष्ट्रिय निकुञ्जबाट उद्धार गरी ल्याइएको आठ वर्षको वयस्क भाले बाघको मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ ।

केही दिनदेखि बिरामी परेको बाघलाई खोरमा आहार दिन जाने क्रममा मृत्यु भएको अवस्थामा भेटिएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष र भगतले जानकारी दिएका थिए । दुई महिनाअघि पर्सा राष्ट्रिय निकुञ्जको खोरमै राखिएको दुई बाघको मृत्यु भएको थियो । दुई बाघ राख्नसक्ने क्षमता रहेको पर्सा राष्ट्रिय निकुञ्जको खोरमा तीन वटा बाघ राख्दा अत्यन्तै दुर्गन्ध फैलिएको र साँघुरो भएकाले बिरामी परेर बाघको मृत्यु भएको हुनसक्ने पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको भनाइ छ ।

उद्धार गरेर लामो समयसम्म खोरमा राख्नु परेकाले बिरामी भएर बाघको मृत्यु भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बताए । सन् २०२२ को गणनाअनुसार पर्सा राष्ट्रिय निकुञ्जमा ४१ दुर्लभ पाटेबाघ रहेका छन् ।

सोही घटनाको बारेमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन तथा देशभरका विभिन्न उद्दार केन्द्रमा बन्द गरी राखिएका पशुको अवस्था पहिचान गरी उचित ब्यवस्थापनका लागि पहल गर्न पशु अधिकारकर्मीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले नेसनल ट्रस्ट फर नेचर कन्जरभेसन (एनटिएनसी)ले बाघ संरक्षणका लागि पहल नगरेकाे भन्दै जवाफ मागेका छन् ।

उनीहरूले ‘बाघको जन्म तिम्रो मनलाग्दी प्रयोगका लागि होइन, उसको आफ्नै अस्तित्व छ’, ‘प्रोटेक्ट टाइगर्स, सेभ बायोडाइभर्सिटी’, ‘बाघको संख्या झन्डै तेब्बर बढायौं, खोरमा थुन्न?’, ‘ एनटिएनसी जवाफ खाेइ?’ लगायतका पम्प्लेट बोकेका छन्।

यो पनि पढ्नुहोस्

नेपाललगायत हिमाली क्षेत्र द्रुतगतिमा बढ्दो जलवायु सङ्कटको अग्रपङ्क्तिमा

नेपाललगायत हिमाली क्षेत्र द्रुतगतिमा बढ्दो जलवायु सङ्कटको अग्रपङ्क्तिमा

१ हप्ता अगाडि
सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी

सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आज रास्वपाकाे बैठक बस्दै

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

पाँच लाख भारतीय रकमसहित पक्राउ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक