काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । बागमती प्रदेशसभाका विषयमा छलफल गर्नका लागि बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार दिउँसो १ बजे विश्वासको मत लिँदै छन् ।
नेपाली कांग्रेसले प्रदेशसरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था बनेको हो । सोहीअनुसार उनले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव सचिवालयमा दर्ता गराएका थिए । यसअघिको गठन्धन सरकारमा पनि समालेर रहेको नेकपा एकीकृत समाजवादीले बागमतीमा आलोपालो मुख्यमन्त्री नपाए जम्मकट्टेलाई विश्वासको मत नदिने अडान लिएको छ ।
समाजवादीले बागमतिमा आफूले मुख्यमन्त्री पाउनुपर्ने, राष्ट्रियसभाको उपाध्यक्ष सुनिश्चित हुनुपर्ने, राजनीतिक नियुक्तिमा पार्टीलाई स्थान दिनुपर्नेलगायतका माग अघि सारेको छ।