काठमाडौं । महालेखा परीक्षकमा तोयम राया सिफारिस भएका छन् ।
आज बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायालाई सिफारिस गरेको हो ।
हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी राया पूर्वअर्थसचिव हुन् ।
प्रधानमन्त्री तथा परिषद् अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले अन्य चार संवैधानिक आयोगको नियुक्तिबारे भने निर्णय लिन सकेन ।