काठमाडौँ / प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सबै वामपन्थी शक्तिहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले निराश नभई क्रान्तिकारी आशावादिताको कुरा गर्न र मुलुकमा समाजवादी क्रान्ति पूरा गर्नका लागि सबै वामपन्थी शक्तिहरुलाई एकताबद्ध बनाउन पहल गर्न पनि कम्युनिष्ट क्रान्तिकारी शक्तिहरुलाई अनुरोध गरे।
त्यस अवसरमा उनले विगतमा एमालेसहितको एकतालाई जोगाउन नसकिएको स्वीकार गर्दै अब फेरि सोही दिशातर्फ फर्किएको दाबीसमेत गरे। आफू समाजवादी क्रान्ति पूरा गर्नका लागि नथाकेको पनि प्रधानमन्त्री दाहालको जिकिर थियो।
उनले भने,’२०७४ को चुनावअगाडि देशभक्त र वामपन्थीहरु एक भएर चुनाव लडौँ भनेर प्रस्ताव मैले नै गरेको हो। त्यसले झन्डै दुई तिहाइमा वामपन्थीलाई पुर्याइदियो। तर दुर्भाग्य जसरी हामीले माओवादी पार्टीलाई एकीकृत राख्न सकेनौँ, त्यसैगरी त्यो एकतालाई पनि बचाइराख्न सकेनौँ। तर, आज हामी फेरि त्यतैतिर फर्कंदै छौँ।’