काठमाडौं । संघीय ससंदअन्तर्गत प्रतिनिधिसभाको जारी बैठकमा विद्युत बन्द हुँदा समस्या भएको छ। प्रतिनिधिसभाको आइतबारको बैठक चलिरहँदा तीन पटकसम्म विद्युत् जाँदा समस्या भएको हो।
बैठक सुरु भएलगत्तै विद्युत बन्द भएपछि बैठक कक्ष अँध्यारो भएको थियाे। बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका संजयकुमार गौतमले बोल्न सभामुख देवराज घिमिरेले समय दिएपछि गौतमले बोल्न सुरु गरेलगत्तै बत्ती गएको थियो। पछि सांसदहरू एकनाथ ढकाल र अमरेश कुमार सिंह बोल्दा पनि बत्ती गएको थियो।