काठमाडौं । त्रिभुवन विश्वविद्यालयको लाइब्रेरी(पुस्तकालय) २४ घण्टा नै खुल्न थालेपछि विद्यार्थी उत्साहित भएका छन् ।
कीर्तिपुरस्थित त्रिविको पुस्तकालयअन्तर्गतका अध्ययन कक्षाहरू बिहान ९ देखि साँझ ५ सम्म खुल्न थालेपछि आफूहरूलाई पढ्न सहज भएको भन्दै विद्यार्थी उत्साहित भएका हुन् ।
यही वर्ष नै उद्घाटन भएको उक्त पुस्कालयमा तीन वटा अध्ययन कक्षा छन् जसमा दैनिक रुपमा करिब २० देखि २५ जना विद्यार्थीहरू अध्ययनका लागि पुग्ने गर्दछन् ।
अध्ययन कक्षमा ९० वटा मात्रै सिट रहेको त्यहाँ अध्ययनका लागि पुग्ने विद्यार्थी त्रिविका मात्र नभएर अन्य कलेजका तथा लोकसेवा आयोगको तयारी गर्नका लागि समेत भएको पाइन्छ ।
उक्त पुस्तकालयमा करिब चार लाख ३० हजार जति पुस्तक छन् भने ३० जना कर्मचारी कार्यरत छन् ।