काठमाडाैं । युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा जमिभ्स्का थर्मल पावर प्लान्ट (टीपीपी) रुसी मिसाइल आक्रमणबाट ध्वस्त भएको युक्रेनी ऊर्जा उत्पादन कम्पनी सेन्ट्रेनेगोले जनाएको छ । गएको मार्च २२ तारिखमा मिसाइल आक्रमण भएको र प्लान्टको सबै एकाइलाई नष्ट बनाएको कम्पनीले जानकारी दिएको हो ।
प्लान्टका सहायक उपकरण पनि क्षतिग्रस्त भएका छन् । कामदारले अहिले साइटमा भग्नावशेष सफा गरिरहेका छन् ।
गएको मार्च २२ मा रुसले युक्रेनमाथि ८८ वटा मिसाइल र ६३ वटा ड्रोन प्रहार गरेको युक्रेनको दाबी छ । युक्रेनी अधिकारीले देशको ऊर्जा पूर्वाधारमा अहिलेसम्मको सबैभन्दा ठूलो आक्रमण भएको बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्
। दुई हजार दुई सय मेगावाट क्षमताको जमिभ्स्का टीपीपी पूर्वी युक्रेनमा सबैभन्दा ठूलो विद्युत् उत्पादन प्लान्ट हो ।