काठमाडौं । भारतको टाटा मोटर्सको इलेक्ट्रिक वाहन (इभी) व्यवसायिक इकाई टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी (टीपीईएम) तथा प्रमुख अटोमोबाइल कम्पनीहरू मध्ये एकले, हिन्दुस्तान पेट्रोलियम (एचपीसीएल) सँग ईभी चार्जिङ स्टेशनहरू स्थापना गर्न सम्झौता गरेको छ।
यस अन्तर्गत हिन्दुस्तान पेट्रोलियमका भारतभरी रहेका करिब ५ हजार इन्धन पम्पमा यसै वर्षको अन्त्यसम्ममा यी चार्जिङ स्टेशनहरू जडान गरिने भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्। एचपीसीएलसँग २१,००० भन्दा बढी इन्धन पम्पहरू छन्।
यी इन्धन पम्पहरूमा चार्जर जडान गरेर कम्पनीले आफ्ना ग्राहकहरूको अनुभवमा सुधार ल्याउन सक्नेछ। यसले टीपीईएमलाई यसको इभीहरुको चार्जिङ सुविधा विस्तार गर्न सजिलो बनाउनेछ।
भारतको ईभी बजारमा टाटा पहिलो स्थानमा छ। यसको पोर्टफोलियोमा पञ्च, टियागो, टिगोर र नेक्सन गरी चारओटा ईभी छन्।
कम्पनीले एक विज्ञप्तिमा भन्यो, “एचपीसीएलसँगको सहकार्यमा, सह-ब्रान्डेड एचपीसीएल कार्ड मार्फत भुक्तानीको सजिलो प्रणाली सुरु गर्न पनि विचार गरिरहेको छ।” एचपीसीएलको इन्धन पम्पहरूमा ३ हजार भन्दा बढी इभी चार्जिङ स्टेशनहरू स्थापना गरिएका छन्।