शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पॉचथरमा किसान बर्से धान रोपाई जारी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
पॉचथरमा किसान बर्से धान रोपाई  जारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

फिदिम  । पॉचथरका किसान यतिबेला चैते (बर्से) धान रोप्न व्यस्त छन् । चैतमा रोपेर असारमा पाक्ने यो धानलाई किसानले चैते धान भन्ने गर्छन् । फागुन अन्तिम साता सुरु भएको रोपाइँ चैत महिनाको अन्त्यसम्म जारी रहन्छ ।

कोही खेत जोत्न, कोही हिलोआली गर्र्न, दाँते र फ्याउरी लगाएर हिलो माटो मिलाउन त कोही बिउ काढ्न व्यस्त छन् ।

चैते धान राप्न सरकारी सहयोग नपाँउदा परम्परागत खेती प्रणाली र आफ्नै अनुभवमै निर्भर हुनु परेको गुनासो कृषकको छ । यतिबेला रोपेको धानमा लाग्ने रोग र फड्के किराले झन्झट दिने भएकाले बर्सेनि उत्पादनमा ह्रास आउन थालेको किसानहरू बताउँछन् ।

“अघिल्लो वर्ष असारमा आएको बाढीले पाक्न लागेको धान बगायो, हेवा र फेमे खोला आसपासका खोलाबाट बिजुली उत्पादन गर्ने हाइड्रोपावर सञ्चालनमा आएपछि कुलो ल्याउने मुहना सुके, पहिले चैत पहिलो साता रोपिसक्ने धान आधा महिना बितिसक्दासम्म मध्य भएको छैन, पानीको अभाव त छ‘दै छ रोपिसकेपछि लाग्ने रोग किराको उपचारमा प्राविधिक सहयोग छैन,” फिदिम–४ का किसान रामकुमार श्रेष्ठले गुनासो राख्नुभयो ।

“रोपेको धानमा रोग लाग्छ, रोगको औषधी, मल त परै जाओस् प्राविधिक सल्लाहसम्म पाइन्न, सरकारले किसानलाई सेवा दिन नियुक्ति गरेका कर्मचारी कहाँ छन् देख्नसम्म पाइन्न,” अर्का किसान लोकबहादुर बुढाक्षेत्रीले भन्नुभयो ।

फागुनमा ब्याड राखेर चैतमा रोपिने भएकाले यो धानलाई ‘चैते’ भनिएको हो । यसलाई बर्से अर्थात् बर्खे पनि भनिन्छ । असारमा पाक्ने भएकाले वर्षायाम र त्यसपछि आउने चाडपर्वको भरथेग यही धानले गर्ने गरेको किसानहरू बताउँछन् ।  चैते धान तराई, पहाडी र उच्च पहाडी मात्रै नभएर हिमाली जिल्ला ताप्लेजुङ र सोलुखुम्बुमा पनि उत्पादन हुने गरेको छ । यो धान कोशी प्रदेशमा पर्ने पहाडी र उच्च पहाडीसँगै हिमाली जिल्लामा १२ हजार ३२७ हेक्टरमा खेती गरिन्छ ।

यसको उत्पादन ५० हजार ५०१ मेट्रिक टन रहेको छ । जसमध्ये हिमाली जिल्ला ताप्लेजुङमा २०७ र सोलुखुम्बुमा ७७ हेक्टर जमिनमा चैते धान रोपिने गरेको बाली विकास निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । बजेट अभावमा किसानसम्म चैते धानसँग सम्बन्धित कार्यक्रम पु¥याउन नसकेको कृषि ज्ञान केन्द्र पॉचथरका कृषि प्रसार केशर मग्राती बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

५ घण्टा अगाडि
देशको पहाडी भू–भागमा आंशिक बदली

न्यून चापीय क्षेत्रको प्रभाव

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

एभरेष्ट बेसक्याम्पमा २ अमेरिकन कार्गो ड्रोनको औपचारिक उद्घाटन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक