शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गृहमन्त्री लामिछानेकाे राजीनामा माग

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
गृहमन्त्री लामिछानेकाे राजीनामा माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानबिन गर्न गृहमन्त्री रवि लामिछानेले राजीनामा माग गरेका छन्।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको पनि नाम जोडिएको भन्दै निष्पक्ष छानविनका लागि पद छोड्नु उपयुक्त हुने सुझाव दिए।

उनले छानबिनको निष्पक्षता र विश्वसनीयतालाई सुनिश्चित गर्न गृहमन्त्रीले स्वेच्छिक रुपमा जिम्मेवारीबाट बाहिरिनुपर्ने भन्दै बाँसबारी छाला, जुत्ता कारखानाको जग्गा प्रकरणमा कांग्रेस सांसद विनोद चौधरीलाई छानबिन गर्ने भनि सभामुखलाई प्रहरीले पत्र लेखेको प्रति असन्तुष्टि व्यक्त गरे।

उनले संविधानको कुन व्यवस्था अनुरुप सांसदको छानबिन गरिँदैछ भनी पत्र लेखेको हो भने स्पष्ट पार्न माग गरे। उनले सांसद चौधरीमाथि पूर्वाग्रहवश अनुसन्धान गरिएको हो कि भन्ने आशंका पैदा भएको बताए।

‘संविधानमा यो व्यवस्था छैन कि कसैमाथि छानबिन हुँदैछ है भनेर पूर्वजानकारी गराइदिएर चिट्ठी लेख्नुपर्ने कारण के रहेछ? कुन संविधानको व्यवस्था हो? कुन नियमावलीको व्यवस्था हो? हामी बुझ्न सकिरहेका छैनौं। त्यसकारण यो कसैलाई ह्यारेसमेन्ट गर्ने मात्रै उद्देश्य हो कि? अनुमान त जे पनि लगाउन सकिने भयो। सावधान होउ यस्तो हुँदैछ, आफ्नो ठाउँ लिइहाल भनेको पो हो कि? के अर्थ हो यसको? हामी बुझ्न सकिरहेका छैनौं?’ बडूले भने, ‘यसले कतै, कुनै किसिमको पूर्वाग्रह राखेको हो कि? शंकाको ठाउँ छ। यसलाई स्पष्ट गरिदिनुपर्छ किन? एउटा सांसद हो सबभन्दा पहिले। त्यसपछि व्यवसायी हो। कानुनभन्दा ठुलो कोही पनि हुन सक्दैन। तर त्यसको प्रयोग कसरी हुन्छ? कति निष्पक्ष, स्वच्छ र विश्वसनीय ढंगले अगाडि बढिरहेका छौं भन्नेकुरा जनताले अनुभूति गर्नेगरी हुनुपर्छ। किन चिट्ठी लेख्ने काम भयो र यसको जवाफ के दियो संसदले? त्यो जानकारीमा आएको छैन। यसलाई स्पष्ट गरिदिनुपर्ला। सहकारी प्रकरणमा आरोपीहरु कति समातिए? छानबिन प्रक्रिया कहाँ पुग्यो। स्पष्ट पारिदिनुस्। ग्यालेक्सी टेलिभिजनमा १० करोड रुपैयाँ आएको को कि होइन? १ करोड रुपैयाँ रवि लामिछानेको नाममा जम्मा भएको भन्ने आयो। यदि यो उहाँ नै हो भने छानबिनको निष्पक्षता र विश्वसनीयतालाई अझ सुनिश्चित गर्नका निमित्त यदि त्यसो हो भने गृहमन्त्रीजी स्वयम् हो भन्ने उहाँलाई लागेको छ भने मलाइ लाग्छ उहाँले यो छानबिन निष्पक्ष हुन र विश्वसनीय बनाउनको निम्ति, जनतालाई पनि विश्वसनीय ढंगले छानबिन गरे है भन्ने पार्नको निम्ति उहाँले छानबिन नसकिदाँसम्म म जिम्मेवारीबाट बाहिरिन्छु भनेर गर्दा हुन्थ्यो भन्ने हाम्रो अपेक्षा हो। त्यसकारण यो अवस्था हुन्छ कि हुँदैन? त्यो भइदियो भने छानबिन निष्पक्ष र विश्वसनीय हुन्छ। अहिलेको आवश्यकता नै त्यति हो।’

सांसद बडूले सांसद विनोद चौधरीलाई अनुसन्धान गरेर ह्यारेसमेन्ट गर्न खोजिएको भनेर पनि प्रश्न गरे।

यो पनि पढ्नुहोस्

कांग्रेसमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको बैठक बस्दै

कांग्रेसमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको बैठक बस्दै

१५ घण्टा अगाडि
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

देशभरका तीन हजार ४८६ उम्मेदवारले मनोनयन पत्र दर्ता

१८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

कमल थापा नेतृत्वको राप्रपा नेपालले विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चुनावी प्रचारका लागि नेता बालेन शाह इलाम पुगे

धान आयातमा साढे २० अर्ब खर्च

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक