काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेकाले केही भूभागमा आंशिक बदलीदेखि चट्याङसहित बर्षाको संभावना रहेको छ ।
जसको प्रभावले कोशी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित बर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अन्य भूभागमा साधारण र आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
मधेस, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।