काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज नेप्सेमा दोहोरो अंकको सुधार भएको छ । मंगलबार नेप्से परिसूचक १० दशमलव १४ अंकले बढेर २०४१ दशमलव ७० को विन्दुमा पुगेको छ ।
आज ३१० कम्पनीका ५९ हजार ५ सय १२ पटकको कारोबारमा ६८ लाख ४२ हजार ३ सय ९२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५ सय ३ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ८६ अंकले बढेर ३६१ दशमलव ६३ को विन्दुमा पुगेको छ । मंगलबार सबैभन्दा बढी हाइड्रोपावर कम्पनीहरूको कारोबार भएको छ भने सबैभन्दा कम कारोबार गर्ने क्षेत्रमा कर्पोरेट डिभेन्चरहरु रहेका छन् ।