शुक्र, मंसिर २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

मास्कोमाथिको आतंककारी हमला पछि आउनसकने दुष्परिणाम

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-लोकनारायण सुबेदी

मास्कोमा इस्लामिक स्टेटद्वारा गएको २२ मार्च २०२४ का दिन गरिएको भनिएको घातक हमलाले यतिबेला बिश्व नराम्रोसँग तरंगित छ । मास्कोको संगीत सभागारमा गरिएको यो हमलाबाट १४३ जना निर्दोष नागरिकको अनर्थमा ज्यान गएको छ भने कयौं मानिसहरु घाइते बनेका छन् । यसको दुष्परिणा के के हुने हो गम्भीर आशंका पैदा भएको छ र यसले बिश्वको एक लयमा चल्दै आएको राजनीतिक परिदृष्य बद्लिएको छ । अब मास्कोको कदम के हुने हो यस परिप्रेक्षमा ठूलो सन्त्रास पैदा भएको छ ।

यसले कुनै भरपर्दो मध्यस्थता खोजेर यूक्रेनले रुससँग सुरक्षित र सम्मानजनक अबतरणको बाटो खोज्दैछ भन्ने जुन समाचारहरु गएको साता मात्रै प्रकाशमा आएका थिए ती कुराहरु पनि यतिबेला पछिल्तिर धकेलिएका छन् । यूक्रेन मात्रै होइन, उसको टाउकोमा बसेर रुसका बिरुद्ध यूक्रेनलाई उक्साई रहेका र भरथेग गरिरहेको अमेरिका र बेलायत जस्ता देशहरु पनि कुनै भरपर्दो मध्यस्थता खोजेर यूक्रेन युद्धलाई अबतरण नगराउने हो भने अझ नराम्रो स्थितिमा फस्न पुगिने बाहेक अरु केही हात लाग्दैन भन्ने बस्तुगत निष्कर्शतिर लागेका मस्को बिश्वस्त हुनसक्ने मध्यस्तकर्ताको खोजी गर्न थालेका थिए भनिन्छ ।

रुसमा यस्ता खालको घातक हमला आजभन्दा दुइ दशक पहिलातिरको कालखण्डमा मात्र हुने गर्दथे, जतिबेला चेचेन्यमा मुस्लिम पृथकतबादहरुका बिरु अभियान चलिरहेको थियो । अहिलेको यूक्रेन युद्धको क्रमा यस्तो हमला हुनजाँदा त्यसले के प्रश्न खडा गर्दछ भने यो हमलाका बिरुद्ध वास्तबिक शक्ति को छ ? बर्तमान घटनाको आरम्भमा त रुसी सुरक्षा फौजले एघार जना हमलकारी गिरफ्तार गरेको छ । जसमध्ये अब्दुल्ला, मोहम्मद जस्ता नामहरुबाट पहिचान गराइएको छ । आतंककारी संगठन इस्लामिक स्टेटले यो हमलाको जिम्मेवारी पनि लिएको छ । केही महिना पहिला इस्लामिक स्टेटले ईरानमा कमाण्डर सुलेमानको मकबरा(चिहान)मा पनि यस्तै हमला गरेको थियो । बिचारणीय प्रश्न के छ भने यस्तो बेलामा जतिबेला अमेरिका तथा अन्य पश्चिमा देशहरुको मद्दतले इजरायल लगातार प्यालेस्टिनीहरुको भूमि गाजमा अत्यन्तै क्रूर नरसंहार गरिरहेको छ । यस्तो बेलामा इस्लामिक स्टेटले पेलेस्टिनीहरुको मित्र देशहरुलाई किन तारो बनाइरहेको छ । यसबाट त रुस र इरानको यस आरोपलाई बल मिल्दछ क अमेरिकी गुप्तचर एजेन्सी सिआईए र इजरायलको गुप्तचर एजेन्सी मोसादले इस्लामिक स्टेटलाई सञ्चालन गरिरहेका छन् ।

हुन पनि रुसी अधिकारीहरुर्लाइ यदि मास्कोको त्यो घातक आतंककारी हमलको पछाडि यूक्रेन पनि शामेल भएको कुनै तथ्य प्रमाण फेला परेमा रुसी राष्ट्रपति भ्लादिमिर पुटीनको जबाफी हमलाको कारबाही भयंकर भयावह हुनसक्नेछ । यदि यसमा जर्मनी, फ्रान्स जसतो कुनै देशको पनि साँठगाँठ देखा परेमा पुटीनले त्यसलाई निश्चयनै कडारुपमा दण्डित गर्नेछन् । यस्तो स्थितिले बिश्वलाई तेश्रो बिश्व युद्धको अबाञ्छित दिशामा पनि धकेल्न सक्छ । बितेका दिनमा जर्मनी सैन्य अधिकारीहरुले क्रिमियमा रुसको महत्वपूर्ण कर्व पुललाई नष्नट गर्ने रणनीतिमा यूक्रेनसँग चर्चा पनि गरेको थयो । जर्मन लामो दूरीसम्म मार हान्ने टाँरस प्रक्षेपास्त्र(मिसाइल) यूक्रेनलाई उपलब्ध गराउने बिषयमा पनि छलफल चलिरहेको कुरा प्रकाशमा आएको हो । अनि फ्रान्सका राष्ट्रपति पछिल्ला दिनहरुमा रुसका बिरुद्ध निकै बढाइ चढाई गरेर बोल्दै आएका छन् । यूक्रेनमा नाटो देशका सेनालाई पठाउने कुराकानी पनि चलिरहेको छ । यसो गरेर यूरोपेली देशहरु ‘दुर्भाग्य’ निम्तो दिइरहेका देखिन्छन् । यदि यसरी रुसी राष्ट्रपति पुटीनलाई बिभिन्न किसिमले उक्साउने कोशिश गरिएमा यूरोपमा ठूलो स्तरमा युद्ध छेडिन सक्ने स्थिति बन्दछ र त्यसमा परमाणु हतियारको प्रयोग पनि हुन सक्ने कुरालाई अस्वीकार गर्न सकिदैन ।

यूक्रेनका बिदेशमन्त्री कुलेवाको यतिबेलै अल्मलमा परेको भारत यात्रा यदि भयो भने त्यसको एजेण्ड बर्तमान बिश्व सन्दर्भको स्थितिमा के होला ? यतातर्फ पहित अहिले बिश्वको नजर केन्द्रित भइरहेकै छ र अझ तीब्रताकासाथ हुनेछ । अहिलेको मास्कामाथिको आतंकी हमला पछि यूक्रेनले स्वयंलाई निर्दोष र उत्पीडित भएको स्वाँङ रच्ने स्थितिमा हुन सक्ने छैन । रुस पनि यूक्रेनको मनसुवाकाप्रति पहिलाभन्दा धेरै बढी सशंकित छ । किनभने रुसले सीमानैमा आतंकबादको खतराको सामना गर्नु परिरहेको छ । स्थिति अत्यन्तै गम्भीर छ । किन पनि भने यूक्रेनका पछाडि अमेरिका र बृटेन जस्ता शक्तिहरुको निरन्तर आडधाप रहँदै आएको छ ।

यस्तो स्थितिमा भारतले अहिले समय निर्धारित भइसकेको यूक्रेनका बिदेशमन्त्रीको भारत भ्रमणलाई टार्नु या स्थगित गर्नु पर्दछ भन्ने सुझाव त्यहाँका परराष्ट्र मामिलाका बिज्ञहरु दिइरहेका छन् । यो समय कुनै शान्ति प्रस्तावको खेश्रा लेख्ने र बोल्ने समय रहेको छैन भन्ने उनीहरुको तर्क छ । बिशेष गरी यस्तो समयमा जतिबेला यूmक्रेनका राष्ट्रपति जेलेन्स्कीले हठीय रबैया अपनाइरहेका छन् र युद्धको मोर्चामा रुसलाई हराउने दिवा स्वप्ना देखिरहेका छन् । यस्तो बेलामा कसैलाई पनि नमागिएको सस्तो सल्लाह दिइनु उचित हुदैन भनिरहेका छन् । त्यसो गरियो भने राष्ट्रपति पुटीनले त्यसलाई ठाडै दुत्कार्ने छन् भनिदैछ र यसले दुइ देश बिचको परम्परागत असल सम्बन्धमा अमिलो पन आउन सक्ने खबरदारी पनि गरिरहेका छन् । कुनै तेश्रो देशको प्रभाव, दबाव या उक्साहटमा रुस–यूक्रेन युद्धमा राय बनाउनु उचित हुँदैन भनिदैछ ।

प्रष्ट छ, रुसमाथि जुन आतंकी हमला अहिले भएको छ त्यसको दुष्परिणाम अकल्पनीय पनि हुन सक्छ । यो रुसको सार्बभौमकता,स्वाभीमान र स्वतन्त्रलाई ठाडो चूनौति दिने अबाञ्छित घटना हो । यसको प्रतिरोध पनि धेरै घातक र अपूर्ब हुन सक्ने सम्भावनालाई कसैले पनि इन्कार गर्न सक्तैन । बिश्व भरीका राष्ट्रहरुले त्यो मास्को घटनाको तीब्र बिरोध गरेका छन् र त्यसको दुष्परिणाम अत्यन्तै भयावह हुनसक्ने चेतावनी पनि दिएका छन् ।

यो पनि पढ्नुहोस्

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

ललितपुरका तीन वटै क्षेत्रबाट नेपाली कांग्रेसले आकांक्षीहरूको नाम सिफारिस

३२ मिनेट अगाडि
जेनजी आन्दोलनलाई छाडेर गरिने कार्यक्रम अपुरो हुने

जेनजी आन्दोलनलाई छाडेर गरिने कार्यक्रम अपुरो हुने

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एमालेको सचिवालय बैठक आज बस्दै

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री लेखकमाथि छानबिन

प्रभु बैंक लि. का रेमिटेन्स डिपार्टमेण्ट प्रमुख पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक