शुक्र, मंसिर २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

नेपाली छुर्पीको निर्यात बढ्याे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
नेपाली छुर्पीको निर्यात बढ्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। गत आर्थिक वर्ष ९२०७९र८०० को तुलनामा चालु वर्ष नेपाली छुर्पीको निर्यात बढेको छ । अघिल्लो आर्थिक वर्षको साउनदेखि फागुनसम्म ८ महिनाको अवधिमा एक अर्ब ९३ करोड रुपैयाँको छुर्पी निर्यात भएको थियो । चालु वर्ष सोही अवधिमा नेपालबाट एक अर्ब ९८ करोड रुपैयाँको छुर्पी निर्यात भएको छ ।

चालु वर्ष ८ महिनाको अवधिमा २३ देशमा छुर्पी निर्यात भएको छ । नेपाली छुर्पी सबैभन्दा धेरै निर्यात हुने मुलुक अमेरिका हो । अमेरिकामा चालु आर्थिक वर्ष एक अर्ब ७२ करोड ४६ लाख रुपैयाँको छुर्पी निर्यात भएको छ । यस्तै, बेलायतमा ३ करोडको निर्यात हुँदा क्यानडामा १ करोड ६१ लाखको छुर्पी निर्यात भएको छ ।

सरकारी तथ्याङ्क अनुसार ग्रीसमा ४९ लाखको र हङकङमा ६६ लाख रुपैयाँको छुर्पी निर्यात भएको छ । यस्तै, जापानमा एक करोड ४२ लाख, कोरियामा १ करोड २९ लाख र मलेसियामा ६५ लाख रुपैयाँको छुर्पी निर्यात भएको छ ।

नेदरल्याण्ड्समा ३९ लाख, फिलिपिन्समा २३ लाख, सिङ्गापुरमा ५३ लाख, ताइवानमा ६३ लाख र संयुक्त अरब इमिरेट्स (यूएई)मा ३२ लाख रुपैयाँको छुर्पी निर्यात भएको तथ्याङ्क छ ।

विदेशमा बिरोलो र कुकुरको खानाका लागि छुर्पी निर्यात हुने गरेको छ । सरकारी तथ्याङ्कअनुसार गत वर्षको साउनदेखि फागुनसम्मको अवधिमा नेपालबाट एक अर्ब ९३ करोड २५ लाख रुपैयाँको १० लाख २३ हजार किलोग्राम छुर्पी निर्यात भएको छ ।

भन्सार विभागका अनुसार गत वर्ष नेपालबाट २४ वटा मुलुकमा छुर्पी निर्यात भएको थियो । गत वर्ष पनि सबैभन्दा धेरै अमेरिकामा एक अर्ब ६५ करोड ५ लाख ९६ हजार रुपैयाँको छुर्पी निर्यात भएको थियो । समीक्षा अवधिमा अमेरिकामा ८ लाख ४७ हजार किलोग्राम छुर्पी निर्यात भएको थियो ।

यस्तै, बेलायतमा २ करोड ११ लाख, संयुक्त अरब इमिरेट्स ९यूएई०मा २३ लाख, ताइवानमा ३८ लाख, स्पेनमा १५ लाख रुपैयाँको छुर्पी निर्यात भएको थियो । गत वर्ष सिङ्गापुरमा ७५ लाखको छुर्पी निर्यात हुँदा फिलिपिन्समा २८ लाखको र नेदरल्याण्ड्समा ५८ लाख रुपैयाँको निर्यात भएको तथ्याङ्क छ ।

यस्तै, मलेसियामा २४ लाखको र कोरियामा ६२ लाखको छुर्पी निर्यात हुँदा जापानमा १ करोड ९६ लाख रुपैयाँको निर्यात भएको थियो । यसैगरी, सो अवधिमा हङकङमा ७० लाख, क्यानडामा १९ करोड ४३ लाख र ग्रीसमा ३९ लाखको छुर्पी निर्यात भएको थियो ।

के भन्छ निजी क्षेत्र ?

छुर्पीको उत्पादन र निर्यातमा आबद्ध निजी क्षेत्र भने तथ्याङ्कमा देखिए बराबर नै छुर्पी अनौपचारिक माध्यमबाट निर्यात हुने गरेको बताउँछ । खासगरी छुर्पी हिमाली क्षेत्रमा उत्पादन गरिन्छ । तर हिमाली क्षेत्रमा उत्पादन गरिने छुर्पी अधिकांश घरायसी प्रयोजनमै खपत हुन्छ भने बाँकी आन्तरिक बजारमा आउँछन् ।

विदेशमा निर्यात गनेगरी स्थापित छुर्पी उद्योग भने इलाम र पाँचथर लगायतका क्षेत्रमा छन् । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल पछिल्लो समय छुर्पीको निर्यात बढ्दो अवस्थामा रहेको बताउँछन् ।

नेपालमा उत्पादित छुर्पी अमेरिका र युरोपमा निर्यात भइरहेको उनको भनाइ छ । नेपालले व्यवस्थित गर्न सकेमा र सरकारले सहयोगी भूमिका खेलेमा उल्लेख्य मात्रामा छुर्पी निर्यात गर्न सकिने अध्यक्ष दाहाल बताउँछन् ।

छुर्पी व्यवसायी निराजन कोइराला तथ्याङ्कमा देखिए जति नै छुर्पी अनौपचारिक माध्यमबाट विदेश जाने गरेको बताउँछन् । रातोपाटीसँगको कुराकानीमा उनी भन्छन्, ‘नेपालमा उत्पादित छुर्पी अनौपचारिक माध्यमबाट भारत जान्छ र भारतमा उत्पादित भन्दै विदेश निर्यात हुन्छ ।’

नेपालले विश्वबजारको मागअनुसारको छुर्पी आपूर्ति नै गर्न नसकेको कोइरालाको भनाइ छ । कोइरालाका अनुसार विश्वबजारको मागअनुसारको आपूर्ति गर्न सकेमा नेपालका लागि विदेशी मुद्रा आर्जनको गतिलो स्रोत छुर्पी हुन सक्छ ।

यो पनि पढ्नुहोस्

बजारमा सुनको मूल्य तोलाको रु एक लाख ७० हजार

स्थानीय बजारमा सुनको मूल्य ओरालो लाग्याे

३ दिन अगाडि
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य  निर्धारण

सुनकाे भाउ बढ्याे

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एमालेको सचिवालय बैठक आज बस्दै

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री लेखकमाथि छानबिन

प्रभु बैंक लि. का रेमिटेन्स डिपार्टमेण्ट प्रमुख पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक