काठमाडौँ / होली मनाउने नाममा जथाभावी रङ दल्ने ९२ जनालाई काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी दिपेस बस्यालका अनुसार जथाभावी रङ दल्ने ८३ जना पुरुष र ९ जना महिला गरी ९२ जना पक्राउ परेका हुन्।
डिएसपी बस्यालका अनुसार काठमाडौँबाट मादक पदार्थ सेवन गरेर चलाइएका २९८ वटा २ पांग्रे सवारी (मोटरसाइक/स्कुटर) र ७ वटा ४ पांग्रे सवारी गरी ३०५ थान सवारी साधन नियन्त्रणमा लिइएको छ।
अप्रिय घटना भने नभएको बस्यालले बताए।