काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आयरल्यान्ड वल्भेसविरुद्धको २ खेलको टी-२० सिरिजको पहिलो खेलमा आज प्रतिस्पर्धा गर्दैछ।
टियु मैदान कीर्तिपुरमा दिउँसो १ बजे सुरु हुने खेलमा नेपाल रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिने छ।
नेपाल भ्रमणमा रहेको आयरल्यान्डले राष्ट्रिय टोलीसँग २ खेलको टी-२० सिरिज खेल्दा नेपाल ‘ए’ टोलीसँग समान ३-३ खेलको टी-२० र एकदिवसीय सिरिज खेल्ने कार्यतालिका रहेको छ।
टी-२० विश्वकपको तयारीमा रहेको नेपाल पछिल्लो समय आफ्नो पुरानो लयमा फर्किन प्रयासरत रहेको छ, तर पछिल्ला खेलहरुमा नेपालको निरन्तर परिवर्तित ब्याटिङ अडर चल्न नसक्दा र पार्टटाइम बलरहरुकै भरमा रहँदा चुनौती बढ्दै गएको छ। ब्याटिङ र बलिङमा निरन्तर परिक्षणले अझै नेपालले टी-२० विश्वकपका लागि आधिकारीक प्लेइङ ११ तयार गर्न सकेको छैन्।
पछिल्ला खेलहरुमा नेपाल औषत प्रदर्शनबाट गुज्रिँदा घरेलु मैदानमा हुने आयरल्यान्ड्सको ‘ए’ टोलीविरुद्ध भने जित निकाल्नु पर्ने चुनौती रहेको छ।
नेपाल आयरल्यान्डसँगको खेलपछि भारत भ्रमणमा निस्कने कार्यतालिका रहेको छ। भारतमा नेपालले राज्य स्तरीय टोलीसँग केही अभ्यास खेल खेल्ने कार्यतालिका रहेको छ।