काठमाडौं। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले समाजवादी मोर्चामा सत्तारुढ नेकपा एमाले नआए पनि मोर्चा कायम रहने जनाएकी छिन् । सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा सत्तारुढ दल नेकपा एमाले सहभागी नभए पनि मोर्चा कायम रहने जनाइन्।
भुसालले वामपन्थी दल र समाजवादी हुनुको नाताले समाजवादी मोर्चामा एमाले पनि आउनु राम्रो हुने जनाइन् । समाजवादी मोर्चा विगतमै बनेको उल्लेख गर्दै अहिले सत्ता समीकरण फेरिँदा एमाले पनि सरकारमा रहेका कारण समाजवादी मोर्चाप्रति एमाले भ्रमित हुन नहुने भुसालको भनाइ थियो।
एमालेसँग सत्ता सहकार्य भइरहेकाले एमाले मोर्चामा नआए पनि आपसी असमझदारी हुन नहुने भुसालको तर्क थियो।