आइत, मंसिर २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य पूर्वाधार/विकास

बजेटको अभावमा निर्माण काम रोकियो बजेट व्यवस्थापनको भनाइ

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
बजेटको अभावमा निर्माण काम रोकियो बजेट व्यवस्थापनको भनाइ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जनकपुरधाम। उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आफू जितेको धनुषा निर्वाचन क्षेत्र –४ मा निर्माणाधीन अवस्थामा रहेको सडक र पुलले निरीक्षण गरे ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मासहितका सात सदस्यीय टोलीसहित उपप्रधानमन्त्री महासेठले धनुषा निर्वाचन क्षेत्र नं ४ को मिथिला नगरपालिका –११ बाहुनमारा, लालगढ, माथिल्लो र तल्लो तुल्सी, महेन्द्र नगरसहितको स्थानमा निरीक्षण गरी जनतालाई आवश्यक पर्ने सडक पुलको बारेमा अध्यन गर्दै निर्माणाधीन अवस्थामा रहेको सडक र पुलको अवस्थाबारेमा जानकारी लिनु भएको छ ।

निरीक्षणको क्रममा उहाँले निर्माण काम स्थगित रहेका सडक र पुलको निर्माण कार्यलाई तिब्रता दिन टोलीमा रहेका सदस्यलाई निर्देशन दिनुभयो । उहाँले लामो समयदेखि निर्माणको कामले गति नपाएको भन्दै बजेटको अभावमा निर्माण काममा रोकिएका आयोजनाका लागि आउँदो बजेटमा बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

उहाँले हरिहरपुरदेखि महेन्द्र नगरसम्मको सडकको स्थलगत निरीक्षण गर्ने क्रममा सडकको अभावमा जनताले विभिन्नखालका समस्या भोगिरहेको भन्दै सरकारले भौतिक पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेर कामकाजलाई अगाडि बढाएको जनाउनुभयो ।

उहाँले गत चार वर्ष अगाडि आफूले शिलान्यास गरेका सडकको काम अझ अधुरो रहेकोप्रति चिन्ता व्यक्त गर्दै शिलान्यास गरिएका सबै सडकको काम चाँडै पूर्णता पाउनेमा विश्वास व्यक्त गर्नुभयो । मन्त्री महतोले धनुषा निर्वाचन क्षेत्र ४ को विभिन्न स्थानमा निरीक्षण गरिरहँदा आम नागरिकले सो क्षेत्रमा भोग्दै आएका समस्या र तीनका निदानका लागि गर्नुपर्ने कामबारेमा मन्त्री महासेठलाई जानकारी दिनुभएको थियो ।

मन्त्री महासेठले आज नेपाल रेल्वेको बर्दिबासस्थित निर्माण हुन लागेको स्टेशनको समेत स्थलगत निरीक्षण गर्नु भएको छ । मन्त्री महासेठको टोलीमा सडक विभागका महार्निदेशक सुशिलबाबु ढकाल, सहसचिव अर्जुन अर्याल, सहसचिव प्रेम खत्री, रेल विभागका महानिर्देशक रोहितकुमार विसुराल, सडक डिभिजन कार्यालय जनकपुरधामका प्रमुख अरुणकुमार कर्ण, हुलाकी सडक आयोजना कार्यालय जनकपुरधामका प्रमुख कृष्णकुमार महतोसहित रहनुभएको छ ।

आज उपप्रधानमन्त्री महासेठलाई धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरसहित धनुषाको विभिन्न स्थानमा आमनागरिक र नेता कार्यकर्ताले स्वागत सम्मान गरेका थिए ।

यो पनि पढ्नुहोस्

हेटौंडा उपमहानगरपालिकाको मुख्यबजारमा चल्याे  डाेजर

हेटौंडा उपमहानगरपालिकाको मुख्यबजारमा चल्याे डाेजर

१० घण्टा अगाडि
प्रियजन तथा प्रेमिल जोडीहरूमा समर्पित “मनपर्ने कान्छु” सार्वजनिक

प्रियजन तथा प्रेमिल जोडीहरूमा समर्पित “मनपर्ने कान्छु” सार्वजनिक

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

याक्थुङ चुम्लुङ पोर्चुगलले चासोक तङ्नाम ८ डिसेम्बरमा मनाउने

तोकिएको मितिमा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण

हेटौंडा उपमहानगरपालिकाको मुख्यबजारमा चल्याे डाेजर

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

कामपामा जीवनशैलीसम्बन्धी सर्वेक्षण सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक