बिहि, फाल्गुन २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

वाम शक्तिबीच एकता किन आवश्यक छ ?

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

केन्द्रमा वामपन्थी र अन्य दलहरु मिलेर नयाँ गठबन्धन भएपछि अब वाम पार्टीहरुबीच एकताको चर्चा सुरु भएको छ । नेकपा माओवादी केन्द्रले नेपाल समाजवादी पार्टीसँग एकता गर्ने निर्णय गरेको छ । नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधरले भने यो एकतालाई खारेज गरेको छ । यस्तै, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पनि वामपन्र्थी शक्तिबीच एकतालाई प्राथमिकता दिएको छ । पार्टीको १० औं महाधिवेशनका लागि तयार गर्न लागेको दस्तावेजमा वामपन्थी शक्तिबीच एकता गर्ने विषयलाई महत्व दिएको हो ।

देशमा वामपन्थी दलहरुबीच सहकार्य र एकताको लहर आउनु आफैंमा सकारात्मक विषय हो । तर, विगतका वाम एकता र विभाजनका नजिरलाई भने नजरअन्दाज गर्न सकिँदैन । त्यसैले यस्ता सहकार्य वा एकता वर्तमानकालमा सत्तारोहण लगायत स्वार्थका लागि हो कि नेपालमा अधुरै रहेको कम्युनिस्ट आन्दोलनका लागि हो, यसमा भने नेताहरु स्पष्ट हुन जरुरी छ । नेपाली राजनीतिक पार्टीहरुको इतिहासकै बराबरीमा नेपाली कम्युनिस्ट पार्टीको पनि इतिहास छ । २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भए पनि लामो समयदेखिको विवादले कम्युनिस्टहरु एकत्रित हुन सकेनन् । बेलाबेलामा कम्युनिस्ट पार्टीको एकता र विभाजनका श्रृंखला चलिनै रहे, जसका कारण नेपालमा बलियो कम्युनिस्ट संस्कृतिले जरो गाड्न सकेन । पार्टी र तिनका नेताहरुले आफूलाई कम्युनिस्ट घोषणा गरे पनि व्यवहारमा भने लागू हुन सकेन । जसका कारण कम्युनिस्ट पार्टी र तिनका नेताहरुमाथि जनविश्वास बढ्न सकेको देखिँदैन ।

अहिले पनि नेपाली कम्युनिस्ट पार्टीहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जस्ता नाममा विभाजित छन् । अझै थुप्रै कम्युनिस्ट पार्टी छन्, जो अझै पनि संघर्षको क्रममा छन् । तर, कम्युनिस्ट पार्टीहरुको विभाजनका कारण नेपाली कम्युनिस्ट आन्दोलन भने कमजोर भएको छ । कम्युनिस्ट सिद्धान्त, उद्देश्य एकातिर छन् भने नेताहरुको राजनीति अर्कोतिर छ । नीतिभ्रष्ट, सिद्धान्तभ्रष्ट भएका नेताहरुका कारण उनीहरु कम्युनिस्ट नेता हुन् कि पुँजीवादी बिचौलिया हुन् भन्ने संशय देखिएको छ ।

विश्वभरिकै कम्युनिस्ट र समाजवादी आन्दोलनको इतिहास एकता, संघर्ष, विभाजन र रूपान्तरणबाट गुज्रिँदै अगाडि बढेकाले नेपालमा पनि त्यही समस्या देखिएको छ । तर, यस्तो समस्या सधैंभरि देखिँदा नेपाली कम्युनिस्ट पार्टीको धरातल भने खस्किँदै गएको छ । कम्युनिस्ट दलबीचको आफैंको कलहले यी पार्टीमाथि जनताको विश्वास घट्दै गएको छ भने अन्य अप्राकृतिक गठबन्धन देखिएका छन् । यसले सत्तास्वार्थका लागि दलहरुले जे पनि गर्नसक्ने सन्देश जनतामा गएको छ ।

त्यसकारण कम्युनिस्ट दलहरुबीचको एकता होस् वा गठबन्धन त्यो नै प्राकृतिक र देशका लागि हितकारक हुन्छ । यी दलहरुको गन्तव्य पनि स्पष्ट छ, समाजवाद । इमानदार बन्ने, राजनीतिक आदर्शलाई पछ्याउने, जनतालाई हेर्ने, देशलाई बुझ्ने र विश्वलाई पनि देशको हितमै बुझ्न प्रयास गर्ने हो भने कम्युनिस्ट पार्टीहरुबीचको एकता अत्यावश्यक देखिएको छ । यसले नेपाली कम्युनिस्ट पार्टीहरुको भविष्य पनि निर्धारण गर्नेछ । नेपाली कम्युनिस्ट पार्टीहरुबीचको विवादले अहिले सबै दलहरु कमजोर भएका छन् । नयाँ दलहरुको उदय भएको छ । आगामी निर्वाचनमा कम्युनिस्ट पुराना दलहरुको भविष्य संकटमा परेको छ ।

विगतमा कम्युनिस्ट वाम गठबन्धनलाई जनताले दुई तिहाइ हाराहारीमा मत दिएका थिए । तर, त्यो जनमतलाई सदुपयोग गर्न नसक्दा गत वर्ष भएको चुनावमा फेरि कम्युनिस्ट दलहरु ओरालो लागेका छन् । त्यसकारण एकताबद्ध भएर जनताको हितमा काम गर्न खोजे कम्युनिस्ट पार्टीको एकतालाई जनताले पनि अनुमोदन गर्नेछन् ।

एक वर्षयता कांग्रेससँगको ‘अप्राकृतिक गठबन्धन’का कारण सरकारको नेतृत्व गरिरहेका प्रचण्ड तथा समग्र माओवादी केन्द्र पार्टीको नै आलोचना हुँदै आएको थियो । त्यो गठबन्धनले न संकटग्रस्त अर्थतन्त्र सुधार्न कुनै उपाय निकाल्न सक्यो न देश र जनताको समस्या समाधानमा कुनै उपलब्धि नै हात पार्न सक्यो । चौतर्फी आलोचनाका बीच प्रधानमन्त्री प्रचण्डले सरकार पुनर्गठनका लागि नयाँ सत्ता समीकरणको हिम्मत जुटाएका छन् तर उनको सरकारलाई यो अवसरसँगै ठूलो चुनौती पनि बनेको छ । वाम एकता वा गठबन्धनले सरकारलाई ती चुनौती सामना गर्न शक्ति दिनेछ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?

नौसैनिक ईरानी जहाजमाथि टर्पेडो हमला भए पनि भारतकोठूलो अपमान

४ मिनेट अगाडि
बलात्कार गरेकाे आरोपमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विशिष्टको सेवा सुविधाले सरकारी कोष खाली

वरिष्ठ पत्रकार सुरेश किरणको निधन

चीनको हाई–स्पिड ट्रेन ‘सीआर४५०’ ले परीक्षण

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

रविविरुद्ध पेश भएको आरोपपत्र संशोधन गर्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक