मङ्ल, पुस १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

समीकरण फेर्नुको सकारात्मक पक्ष पुष्टि हुने आशा !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटकपटक सरकारको सहयात्री दल फेर्दै आएका छन् । यसले नेपालको राजनीति अस्थिर देखिएको छ । कांग्रेससँगको गठबन्धन छोडेर प्रचण्डले अहिले एमालेलगायत दलसँग मिलेर सरकार चलाउन थालेका हुन् । अघिल्लो सरकारको पालामा आफूले अपेक्षा गरेअनुसार काम हुन नसकेको उनको भनाइ थियो । सरकारका विवादित मन्त्रीहरु पनि हटाउन नपाएको भन्दै उनले सार्वजनिकमा रुपमा असन्तुष्टि व्यक्त गर्दै आएका थिए । त्यही कारण एमालेलगायत दलसँग सहकार्य गरेका उनलाई अब सत्ता समीकरण फेर्नुको औचित्य पुष्टि गर्नुपर्ने बेला आएको छ ।

प्रधानमन्त्री स्वयंले पनि सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको बताएका छन् । उनकै शब्दमा भन्नुपर्दा ‘कांग्रेसबाट पटकपटक धोका भयो, सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो । एकातिर सरकारमा गति नआउने र अर्कोतर्फ गठबन्धनप्रति इमानदार नहुने परिस्थितिले नयाँ गठबन्धन गएको हो ।’ यस्तै केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको उनको भनाइ छ । कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धार बलियो हुने जाने र त्यसले व्यवस्थामाथि संकट ल्याउने भएकाले पनि राजनीतिलाई सही दिशामा ल्याइएको प्रचण्डले दाबी गरेका छन् ।

प्रचण्डले गरेका दाबी अब पूरा गर्नुपर्ने बेला आएको छ । अहिले देखिएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चुनौतीको सामनाले नै सरकारको सफलताको मापन हुनेछ । यतिबेला विश्वभर भूराजनीतिक उतारचढाव बढेको छ, शक्तिशाली राष्ट्रबीच द्वन्द्व पनि बढिरहेको छ, नयाँ ध्रुवीकरणको खतरा पनि उत्तिकै छ । यस्तो अवस्थामा नेपालको परराष्ट्र नीतिको परीक्षण गतिलै रुपमा हुने देखिन्छ । उदाउँदा शक्तिशाली राष्ट्रहरु चीन र भारततर्फ विश्वको ध्यान बढेको छ । यिनै दुई देशबीचको भूराजनीतिक अवस्थितिले नेपालको महत्व पनि बढेको छ । अर्कोतर्फ नेपाली भूमिको दुरुपयोग हुने खतरा पनि उत्तिकै छ । यसरी विभिन्न देशका स्वार्थको चेपुवामा नेपाल फस्छ कि राष्ट्रिय हितअनुकूल परराष्ट्र नीति अपनाउँदै सफलता हासिल गर्छ, यो सरकारको लागि चुनौती हो ।

राष्ट्रिय रुपमा पनि राजनीतिप्रति जनताको निराशा बढ्दो छ । अहिलेको व्यवस्थाप्रति प्रश्नचिह्न उठाउँदै राजावादी तथा विभिन्न स्वतन्त्र समूहले पनि प्रदर्शन गर्दै आएका छन् । विशेषगरी बढ्दो भ्रष्टाचार, अनियमितता, दण्डहीनताका कारण पनि अहिलेको व्यवस्था देशका उपयुक्त नभएको भन्दै राजतन्त्र पुनःस्थापनाको माग छ । विशेषगरी जनताको समस्या समाधान गर्न सरकार सफल नभएको, किसान, श्रमिक, मजदुरको पक्षमा काम गर्न नसकेको, विद्यार्थी, युवा, महिला तथा बालबालिकाका लागि सरकारको भूमिका चित्तबुझ्दो हुन सकेको गुनासो बढिरहेको छ ।

यो समस्या समाधान गर्ने जिम्मा अहिले वाम बाहुल्य सरकारको काँधमा आइपुगेको छ । यसै पनि वामपन्थी दलहरुको मुख्य सिद्धान्त सर्वहारावादी नै हो । समाजमा शोषित, दमित जनतालाई राज्यको अनुभूति दिलाउने, मूलधारमा ल्याउने, उनीहरुको हकअधिकार प्रत्याभूत गराउने, समान विकास प्रदान गर्ने नै कम्युनिस्ट दलहरुको मुख्य लक्ष्य हो । सरकारमा रहेर त्यो काम गर्नु नै वाम बाहुल्य सरकारको मुख्य जिम्मेवारी पनि हो । नेताहरु विगतमा जस्तो आफ्नो स्वार्थकेन्द्रित नभई जनता केन्द्रित हुनु आजको आवश्यकता हो ।

जनधारणा साप्ताहिक

 

 

यो पनि पढ्नुहोस्

एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

१८ मिनेट अगाडि
प्लश टु सम्म मातृभाषा शिक्षा लागु गराउन शिक्षा मन्त्रीलाई ध्यानार्कषण

प्लश टु सम्म मातृभाषा शिक्षा लागु गराउन शिक्षा मन्त्रीलाई ध्यानार्कषण

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरकाे भरियाँपुखूबाट बाइक चाेरी

उर्मिलाको स्वर, शंकरको शब्द, संगीतमा ‘ख्रीष्टको प्रेममा’ रिलिज

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

“भक्तिको शक्तिलाई अस्विकार गरौ”

डुबेर  र आगलागीमा जलेर मृत्यु

पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक