सोम, मंसिर २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

कांग्रेससँग किन रिसाए प्रचण्ड ? कारण खोज्दै देउवा !

सत्ताबाट हट्नु परेकोमा कांग्रेसमा छटपटी, देउवाका विरोधीहरु पनि एकजुट भए

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
कांग्रेससँग किन रिसाए प्रचण्ड ? कारण खोज्दै देउवा !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / गत वर्ष पुस १० मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा बनेको सरकारमा एमालेको साथ थियो । त्यतिबेला सत्ता गठबन्धनमा एमाले र माओवादीसँगै रास्वपा, राप्रपालगायत दल थिए । तर, राष्ट्रपति चुनावमा भने प्रचण्डले एमालेको साथ छोडे । फलस्वरुप कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए । तर, त्यतिबेला कांग्रेससँग बनाएको गठबन्धन माओवादीले फेरि एक पटक भत्काएको छ ।

गत फागुन २१ मा नयाँ सत्ता गठबन्धनको घोषणा भएको छ । गत वर्षको पुस १० कै यो गठबन्धनमा यसपटक भने राप्रपा सहभागी छैन । प्रधानमन्त्री प्रचण्ड एकाएक कांग्रेससँग किन रिसाए त ? यसको कारण खोजीमा अहिले कांग्रेस सभापति शेरबहादुर देउवा लागेका छन् ।

गत माघ २९ मा प्रचण्डले पार्टीको केन्द्रीय समितिको बैठकमा गठबन्धनबारे पुनर्विचारको अवस्था आउने धारणा राखेका थिए । यसको कारण थियो, कांग्रेस महामन्त्री गगन थापाले कांग्रेस महासमितिमा अबका कुनै पनि चुनावमा कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने दस्तावेज ल्याएका थिए, जसलाई केन्द्रीय समितिबाट संशोधन गर्नेगरी पारित गरिएको थियो ।

कांग्रेस उपसभापति, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पनि माओवादी जनयुद्धलाई हिंसात्मक घटना भनेर प्रतिवेदनमा उल्लेख गरे । कांग्रेस महासमितिमा हिन्दूराष्ट्रको विषय पनि अघि आयो । यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महत, रक्षामन्त्री खड्का र स्वास्थ्यमन्त्री मोहन बस्नेतप्रति पनि प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट थिए । यी तीनै मन्त्री कांग्रेसका हुन् । तर, देउवा भने यी मन्त्रीलाई हटाउन चाहँदैन थिए । अर्कोतर्फ राष्ट्रिय सभाको निर्वाचनमा कोशी प्रदेशमा आफ्नो उम्मेदवार चम्पादेवी कार्कीको पराजयले पनि माओवादी केही अघिदेखि असन्तुष्ट थियो । कांग्रेसको शेखर कोइराला पक्षले सहयोग नगरेका कारण आफ्नो उम्मेदवार हारेको माओवादीको भनाइ थियो । यही विषयको विवादको बीजारोपणले कांग्रेस–माओवादीको गठबन्धनमा फाटो देखिन थालेको थियो ।

यस्तै, राष्ट्रिय सभा अध्यक्षमा पनि दुई दलबीच फरक दाबी देखियो । कांग्रेसले कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने गरी राष्ट्रिय सभामा ल्याएको र देउवा र प्रचण्डबीच यसबारे अनौपचारिक सहमति भइसकेको पनि कांग्रेस नेताहरुले बताए । तर, माओवादी नेताहरुले भने यस विषयमा कुराकानी चले पनि कुनै सम्झौता नभएको दाबी गरे । अहिले राष्ट्रिय सभा अध्यक्ष छोड्दा र पछि सरकारै छोड्दा महत्वपूर्ण पदमा माओवादीको कोही पनि नहुने पीर माओवादीलाई थियो । त्यसैले संवैधानिक परिषदको सदस्य हुने राष्ट्रिय सभा अध्यक्ष पदका लागि माओवादीले आफ्नो दाबेदारी पेस गरेको थियो । यसले पनि गठबन्धनमा दरार देखियो ।

हालै एक सार्वजनिक कार्यक्रममा प्रचण्डले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको जनाएका छन् । ‘कांग्रेसबाट पटकपटक धोका भयो । कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन । सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो । एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौं,’ प्रधानमन्त्रीको भनाइ थियो ।

केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको प्रधानमन्त्रीले जनाए । ‘कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ । त्यसले व्यवस्थामाथि नै संकट ल्याउँथ्यो । त्यो चुनौती पार गरिएको छ । देशका राजनीति सही बाटोमा आएको छ,’ उनले भने ।

प्रचण्डले भनेजस्तै अहिले वामपन्थी दलबीच सुमधुर सम्बन्ध बढेको छ । माओवादी, एमाले र नेकपा एकीकृत समाजवादीका नेताबीच आगामी राजनीतिक यात्राबाट छलफल, बैठक जारी छन् । एमाले र माओवादी नेताले पालैपालो सरकारको नेतृत्व लिने सहमति गरेका छन् भने यसमा नेकपा एसका माधवकुमार नेपाल पनि आलोपालो अनुसार आफू पनि प्रधानमन्त्री बन्न पाउने लबिइङमा छन् । तर, सत्ताबाट बाहिरिनुपरेको कारण कांग्रेसमा भने छटपटी बढेको छ । यसका लागि कहिले एमाले नेतासँग संवाद बढाउने प्रयास देउवाले थालेका छन् भने सत्तारुढ रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदमा आक्रामक रवैया अपनाइरहेको छ । सरकारलाई अप्ठ्यारोमा पार्ने प्रयासस्वरुप लामिछानेमाथि आक्रामक बनेको कांग्रेसको यतिबेला आलोचना नै बढी भइरहेको छ ।
जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

यात्रुवाहक बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

५२ मिनेट अगाडि
पेट्रोल पम्पमा आगो लाग्दा २७ जनाको मृत्यु

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

५६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

केन्द्रीय कमिटी बैठकमा ईश्वर पोखरेलकाे आपत्ति

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

राजधानीमा ’किसानसँग बुद्धिजीवी’ कार्यक्रम सम्पन्न

पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ

गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग

डेङ्गीको सङ्क्रमण घट्दो क्रममा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक