काठमाडौं। नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनालाई आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने जनाए । प्रतिनिधि सभा बैठकमा धारणा राख्नुहुँदै उहाँले सो कुरा जनाएका हुन् ।
आगामी आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा छलफलमा भाग लिँदा सांसद विश्वकर्माले निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनालाई प्राथमिकता दिनुपर्ने जनाए । उहाँले सुरक्षित आवास कार्यक्रमले पनि निरन्तरता पाउनुपर्ने सुझाव दिए।
उहाँले तराई–मधेस समृद्धि कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिए। उहाँले भन्नुभयो, ‘प्रत्येक निर्वाचन क्षेत्रमा रणनीतिक सडक थियो । यो रणनीतिक सडक अहिले अधुरो छ । बेवारिसे बनेको छ । सरकारको प्राथमिकतामा यसलाई पूर्णता दिने विषय प्रस्ताव राखे।’
सुरक्षित आवास कार्यक्रमले यसपटक निरन्तरता पाएन । जबकि यस्ता जनताहरु छन्, जसको शीरको माथि छानो छैन । ओत नभएको हुनाले जनताहरु असुरक्षित भएको स्थितिमा यो सुरक्षित आवास कार्यक्रमले जनताहरुलाई धेरै लाभान्वित भयो’ उहाँले भनाई, “प्रभावकारी हुनेगरी सुरक्षित आवास कार्यक्रमलाई अगाडि बढाउने । तराई–मधेस समृद्धि कार्यक्रलाई थप प्रभावकारी बनाउने । स्वास्थ्य बिमा प्रभावकारी बनेको छैन । यसको दायरालाई फराकिलो बनाउने र सबै जनताको पहुँच पुग्नेगरी यसलाई अगाडि बढाउने उहाँको भनाई छ ।’