आइत, मंसिर २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘अगस्त्यः च्याप्टर १’ अहिले चौथो सातामा प्रदर्शन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
‘अगस्त्यः च्याप्टर १’ अहिले चौथो सातामा प्रदर्शन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

‘काफ्ले’की गायिका झुमा लिम्बूको नयाँ गीत सार्वजनिक

‘काफ्ले’की गायिका झुमा लिम्बूको नयाँ गीत सार्वजनिक

२ दिन अगाडि
‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ पछि यसैगरी मन जित्ने अर्को चलचित्र ‘मिरमिरे’ आउँदै

‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ पछि यसैगरी मन जित्ने अर्को चलचित्र ‘मिरमिरे’ आउँदै

४ दिन अगाडि

काठमाडौं । गत फागुन १८ गतेबाट रिलिज फिल्म ‘अगस्त्यः च्याप्टर १’ अहिले चौथो सातामा प्रदर्शनरत छ । फिल्मले बुधबार राजधानीमा पत्रकार भेटघाट गरेर चौथो हप्ता प्रदर्शनको खुशी साट्दै दर्शकलाई धन्यवाद दिएको छ ।

फिल्मका निर्देशक सौरभ चौधरीले अहिलेको अवस्थामा आलोचना र तारिफका बाबजुद पनि फिल्म चौथो सातामा प्रवेश गर्नु खुशीको कुरा भएको बताए । ‘दर्शकको वर्ड अफ माउथले गर्दा हाम्रो फिल्म चौथो सातामा प्रदर्शनरत छ । दर्शकले देखाउनुभएको मायाप्रति हामी खुशी छौं’, निर्देशक चौधरीले भने, ‘फिल्ममा पक्कै पनि केही कमिकमजोरी छन् । त्यो कमीकमजोरीलाई सुधार्दै जाने हामी प्रण गर्छौ ।’

निर्देशक सौरभले आफ्ना हरेक दृश्य एकअर्कासँग ‘कनेक्टेड’ भएको उल्लेख गर्दै जोकोहीले दिमागलाई खाली बनाएर फिल्म हेर्न गएमा मात्र राम्रो फिल्म हेर्न सकिने बताए । ‘फिल्म हेर्न जानुअघि कसको फिल्म, कस्तो फिल्म भनेर सोच्ने भन्दा पनि त्यो सोचलाई खाली राखेर हेर्न गइयो भने मात्र दर्शकको मन भरिन सक्छ’, उनले भने ।

निर्माता अनिश तामाङले कुनै पनि परीक्षामा सय नम्बरमा सय नै अंक आउनु असम्भव रहेको जनाउँदै आफ्नो फिल्मलाई दर्शकले दिएको अंकले खुशी भएको बताए । ‘म र टिमका लागि यो ठूलो उपलब्धि हो । हाम्रो फिल्मले अहिले राम्रो पिकअप लिइरहेको छ । सकारात्मक र नकारात्मक समीक्षा आए पनि दर्शकको साथ पाइरहेका छौं’, तामाङले भने ।
उनले आफ्नो टिमले चाँडै नै ‘अगस्त्यः च्याप्टर २’ निर्माणको तयारी गरिरहेकाले ‘अगस्त्यः च्याप्टर १’मा भएका कमी कमजोरीलाई सुधार्दै अझ परिस्कृत कथा नयाँ भागमा देखाइने बताए ।

अभिनेता सौगात मल्लले फिल्म प्रमोसनका लागि मोफसलका थिएटर र दर्शकमाझ पुग्दा त्यहाँ पाएको साथ र सहयोग आफ्ना लागि ‘सर्पोटिभ’ भएको बताए । ‘मोफसलका हलमा जाँदा दर्शकहरुले म र फिल्मलाई विश्वास गरेर हलमा आउनुभयो । उहाँहरु हाम्रो फिल्म हेर्न उत्साहित भएको पाएँ । कलाकार र मेकरका लागि यो भन्दा खुशीको कुरा अरु के नै हुनसक्छ र ?’ उनले भने ।

अभिनेत्री मलिका महतले दर्शकले फिल्म प्रति दिनुभएको माया र साथप्रति आभार व्यक्त गरिन् । उनले आफूले चरित्रलाई न्याय दिन सकेको कुरा दर्शकबाट पाएको प्रतिक्रियाबाट प्रमाणित भएको बताइन् ।

फिल्ममा ‘त्रिपाठी’ चरित्र निर्वाह गरेका अभिनेता प्रमोद अग्रहरिले अहिले चलिरहेको फिल्म भन्दा ‘अगस्त्यः च्याप्टर १’ अब्बल बनेको बताए । ‘दर्शकले मेरो बोल्ने शैली, गेटअप र प्रस्तुतिलाई धेरै मनपराउनुभएको पाएँ । मेरा अन्य साथीहरु प्रति दर्शकको बुझाई पनि राम्रो देखें’, उनले भने । उनले हरेक चरित्रलाई दर्शकले नियालिरहेको आफूले बुझेकाले कलाकारले पनि आफ्नो अभिनयलाई अझ परिस्कृत गर्दै लैजानुपर्ने चुनौति आफूले देखेको खुलाए ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको  फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।
विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको चलचित्रमा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।
निर्माणपक्षले ‘अगस्त्य च्याप्टर २’लाई सन् २०२६ मा रिलिज गर्ने घोषणा गरेको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

संसद पुनर्स्थापना नै समस्याको समाधान हो त ?

सङ्गीत बमले गरे रहस्यमय ‘द १३ कोड गेम अफ लुसिफर’को विषयमा तेस्रो पत्रकार सम्मेलन

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश

स्वास्थ्यमन्त्री सुधाबाट जेनजी समूहलाई अभिभावकत्व दिन सक्ने अपेक्षा !

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक