काठमाडौं । रुसी सेनामा भर्ती भएका थप १६ जना नेपालीको निधन भएको छ ।
परराष्ट्र मन्त्रालयले नेपालीको मृत्यु भएको जानकारी पाएसँगै उनीहरूको मृत्युको बारेमा यकिन गर्न डिएनए टेष्ट गर्दैछ। निधन भएकाहरूको नाम खुलिसकेको छैन ।
पछिल्लो समय रुसी सेनामा भर्ती भएका नेपालीको निधन हुने क्रम बढ्दो छ । यसअघि १७ जनाको निधन भइसकेको छ । योसँगै रुसको तर्फबाट युक्रेनसँगको युद्धमा मारिने नेपालीको सङ्ख्या ३३ पुगेको छ ।