काठमाडाैं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रकाे उपमहासचिव मातृकाप्रसाद यादवलाई सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ ।
माओवादी केन्द्रले सोमवार अन्तर पार्टी निर्देशन (अपानि) जारी गर्दै यादवलाई सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी दिएको जानकारी गराएको हो ।
यस्तै, माओवादीले केन्द्रीय सदस्य महेश्वर दाहाललाई बागमती प्रदेशमा सरुवा गरेको छ । ४ महिने जनतासँग माओवादी पार्टी विशेष रुपान्तरण अभियानमा उनी बागमती प्रदेशमा खटिएका छन् ।
यसै गरी वैकल्पिक केन्द्रीय सदस्य मोहनमान स्वाँरलाई युरोप अमेरिका प्रवास समन्वय प्रदेशमा सरुवा गरिएको छ ।
यस्तै, माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता गर्ने सहमति भएको अपानिमा उल्लेख छ ।