काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले बिमस्टेकलाई पर्यटन प्रवर्द्धनमा जोड्न आवश्यक रहेको जनाएका छन्।
सोमबारको प्रतिनिधि सभाको बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठले प्रस्तुत गरेको विमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यातायातको सञ्जाल र कनेक्टिभिटीमा पनि बिमस्टेकलाई जोड्न जरुरी रहेको जनाए ।
उनले बिमस्टेकको मञ्चबाट नेपालले अझै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रस्तुती दिनुपर्ने आवश्यकता रहेको बताए। बिमस्टेक सार्कको विकल्पको रुपमा अघि ल्याइएको हो कि भन्ने भान हुन थालेको भन्दै नेपाल यसबाट बच्नुपर्नेमा जोड दिए।
उनले भने, ‘पर्यटन प्रवर्द्धनमा हामीले बिमस्टेकलाई जोड्नुपर्नेछ। त्यसैगरी यातायातको सञ्जाल र कनेक्टिभिटीमा पनि यसलाई अघि बढाउनुपर्नेछ। र पछिल्ला दिनमा जलवायु परिवर्तनको जतिपनि मार नेपालले खेपिरहेको छ। जति पनि अन्तर्राष्ट्रिय लविङहरु यो मञ्चमार्फत हामीले गर्नुपर्ने थियो, त्यमसा हामीले जति सफलता पाउनुपर्दथ्यो, पाउन सकिरहेका छैनौँ।
बिमस्टेकको मञ्चबाट नेपालले अझै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रस्तुती दिनुपर्ने छ। कताकता बिमस्टेक सार्कको विकल्पको रुपमा अघि ल्याइएको हो कि भन्ने भान छ। छिटोभन्दा छिटो सार्कको सम्मेलन आयोजना गर्न आग्रह गर्दछु। एकअर्काको निषेध गर्ने ढंगले आएको छ, यसमा हामी जोगिनुपर्छ।’