अरुणाचल । चिनियाँ सेनाले फेरि अरुणाचल प्रदेशमा आफ्नो दाबी गरेको छ । अरुणाचल प्रदेश चीन ‘आन्तरिक हिस्सा’ भएको उनीहरुले बताएका हुन् । यसअघि चीनले पनि प्रधानमन्त्री नरेन्द्र मोदीको अरुणाचल भ्रमणको विरोध गरेको थियो ।
चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ कर्नेल चाङ सियाओगेङले भने, ‘शिझाङको दक्षिणी भाग चीनको आन्तरिक क्षेत्र हो। भारतले अवैध रूपमा स्थापित अरुणाचल प्रदेशलाई चीनले विरोध गर्छ । हामीले अरुणाचल प्रदेशलाई कहिल्यै मान्यता दिएका छैनौँ।’
अरुणाचल प्रदेशमा सेला सुरुङ निर्माण गरेर भारतीय सेनाले आफ्नो सेनालाई बलियो बनाउने प्रयास गरेपछि चीनको यो बयान आएको हो । चीनले अरुणाचल प्रदेशलाई दक्षिण तिब्बत मानेको छ ।