काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ग्लोवल मनि विकको अभियान नेपालको दुर्गम क्षेत्रसम्म पुर्याइने जनाएका छन् ।
सोमबार काठमाडौंको ग्लोबल मनी वीकको अवसरमा राष्ट्र बैंकद्वारा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो जनाएका हुन् ।
उनले वित्तीय साक्षरता अभियान देशका दुर्गम क्षेत्रसमेत पुर्याउन जरुरी रहेको बताए । गभर्नर अधिकारीले ग्लोवल मनि विकको अभियान सुरुवाती चरणबाटै सक्रिय रहेको बताए । उनले यो अभियानलाई राष्ट्र बैंकले अझ बिस्तार गर्ने प्रतिवद्धता जनाए ।
गभर्नर अधिकारीले वित्तीय साक्षरतालाई देशको कुना-कुना लैजाने योजना रहेको पनि उल्लेख गरे । उनले वित्तीय फ्रेमवर्कमा वित्तीय साक्षरता वित्तीय जागरणका रुपमा विद्यालय तहको पाठ्यक्रम (सेलेवस) मा पनि राख्नको लागि समन्वय भइरहेको जानकारी दिए । उनले कुनै पनि प्रोडक्ट बैंक तथा वित्तीय संस्थाहरुले ल्याउँदा वा नीति ल्याउँदा कार्यान्वयनमा जानको लागि वित्तीय चेतना हुन जरुरी रहेको औल्याए ।
उनले ग्लोवल मनी वीकलाई नेपालमा पनि यो अभियानलाई वित्तीय शिक्षको आधारका रुपमा लिएको उल्ल्लेख गरे । उनल सञ्चारमाध्यमहरुलाई पनि वित्तीय साक्षरता अभियानमा एकीकृत गर्ने व्यवस्था रहेको बताए । उनले पैसाको बचत गर्ने र भविष्यको लागि सुरक्षित राख्ने विषयलाई प्राथमिकता दिएर ग्लोवल मनि विक मनाउने गरिएको बताएका हुन् । उनले बचत भविश्यमा कमाएर मात्रै गर्ने नभएर बाल्यकालदेखि बानी बसाउन जरुरी रहेको बताए । उनले बालबालिकाले खाजा खर्चलाई बचाएर बचत गर्ने बानी बसाए भविष्य सुरक्षित हुने धारणा राखे ।
उनले भने,’ग्लोवल मनि विकको अभियान हरेक जिल्लामा लैजान्छौँ । दुर्गम जिल्लासम्म पनि यो अभियान लैजान्छौँ । फाइनान्सिङ इनक्युजनको लागि वित्तीय साक्षरताको मुख्य हड्लस रहेको हामीले महसुस गरेका छौँ । विश्व भर नै । वित्तीय जागरण,वित्तीय सचेतना अनिवार्य छ । कुनै पनि प्रोक्डट बैंक तथा वित्तीय संस्थाहरुले ल्याउँदा वा नीति ल्याउँदा कार्यान्वयनमा जानको लागि वित्तीय चेतना हुन जरुरी छ । त्यो चेतनाको अंगको रुपमा पनि विश्वभर यो साप्ताहिक कार्यक्रमलाई लिने गरिन्छ । नेपालमा पनि यो अभियानलाई वित्तीय शिक्षालाई आधारको रुपमा लिएका छौँ । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता फ्रेमवर्क जारी गरेको छ । जुन फ्रेमवर्कभित्र सबै बैंक वित्तिय संस्थाहरु उत्तरदायित्वहरु पनि राखिएको छ । सञ्चारमाध्यमहरुलाई पनि वित्तीय साक्षरता अभियानमा एकीकृत गर्ने व्यवस्था छ । हामीले विद्यालयको पाठ्यक्रममा पनि वित्तीय साक्षरता सम्बन्धि शिक्षा राख्ने कार्ययोजना बनाएका छौँ । त्यसको लागि समन्वय भइरहेको छ । वित्तीय साक्षरता पाठ्यक्रममा राख्ने काम हुनेछ । पैसाको बचत गर्ने र भविष्यको लागि सुरक्षित राख्ने विषयलाई प्राथमिकता दिएर ग्लोवल मनि विक मनाउने गरिन्छ । बचत भन्ने कुरा भविष्यमा कमाएर मात्रै गर्ने भन्नेकुरा होइन । बाल्यकालदेखि बानी बसाउने हो । खाजा खर्चलाई बचाएर बचत गर्ने बानी बसाइयो भने भविष्यलाई सुरक्षित गर्छ ।’
आइतबारदेखि ग्लोवल मनि विक २०२४ सुरु भएको छ । ग्लोवल मनी विक ओइसिडी वित्तीय शिक्षाको लागि अन्तर्राष्ट्रिय सञ्जालले मार्च १८-२४ मार्चसम्म विश्वव्यापी रूपमा रुपमा आयोजना गर्ने साप्ताहिक कार्यक्रम हो । सन् २०१२ देखि हरेक वर्ष ग्लोवल मनि विक विश्वभर मनाउने गरिएको छ । यो बालबालिका र किशोर किशोरीहरुमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यले मनाइने एउटा अभियान हो । यस वर्षको ग्लोवल मनी वीकको नारा ‘प्रोटेक्ट युअर मनि, सेक्योर योर फ्युचर’ रहेको छ ।