बाँके । कोहलपुर नगरपालिका-३ मैटवा चोकमा लु.२ ख ४४९२ नम्बरको गाडीले भे.१२ प ४०५३ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-१५ चन्गवा बस्ने ५७ वर्षीया अतानी थारूको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र १ जनाको साइकलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।