काठमाडौं । सेञ्चुरी कर्मसियल बैंकका तत्कालीन सिइओ मनोज न्यौपानेसहित १० जना हाजिरी जमानीमा छुटेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)ले उनीहरूलाई बिहीबार रिहा गरेको हो।
व्युरोका प्रवक्ता एसपी होबिन्द्र बोगटीले उनीहरूलाई हाजिरी जमानीमा रिहा गरेको बताए। उनका अनुसार प्रारम्भिक अनुसन्धान सकिएको र राष्ट्र बैंकसँग समन्वय गरेर विस्तृत अनुसन्धान भइरहेको छ।
गलत ढंगले ऋण प्रवाह गरेको आरोपमा सीआइबीले प्रभु बैंकका डेपुटी सीईओसमेत रहेका मनोज न्यौपाने, सेन्चुरी कमर्सियल बैंकका पूर्व सीईओ तुलसी गौतम, तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारी, दिलीप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दीपेश प्रधान र सुनिल बस्नेतलाई पक्राउ गरेको थियो।